२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउदै एकदिवसीय क्रिकेटको सिरिज अष्ट्रेलियाले जित्यो



अ+ अ-

काठमाडौँ । घरेलु टोली भारतलाई अन्तिम खेलमा पराजित गर्दै अष्ट्रेलियाले एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

बुधबार राति सम्पन्न पाँचौ तथा अन्तिम खेलमा भारतलाई ३५ रनले पराजित गर्दै अष्ट्रेलियाले सिरिज ३–२ ले जितेको हो । सुरुवाती दुई खेलमा लगातार हार ब्यहारेको अष्ट्रेलियाले उत्कृष्ट पुनरागमन गर्दै सिरिज बाँकी तीन खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

२७३ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २३७ रन मात्रै बनाउन सक्यो । भारतका लागि रोहित शर्माले ५६ भुवनेश्वर कुमारले ४६ र केदार जाधवले ४४ रन बनाएपनि अष्ट्रेलियालाई पराजित गर्न सकेन ।

बलिङतर्फ एडम जाम्पाले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान खवजाले शतक प्रहार गरेका थिए । उनले १०६ बलमा १० चौका र दुई छक्का प्रहार गर्दै १०० रन बनाए भने पिटर ह्यान्ड्सकोम्बले ५२ रन बनाएका थिए ।

बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए । त्यस्तै, मोहम्मद सामी र रविन्द्र जडेजाले समान २–२ विकेट लिएका थिए ।