१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालोसूचीमा राख्ने भारतको प्रयास असफल, चीनद्धारा भिटो प्रयोग

अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालोसूचीमा राख्ने भारतको प्रयास असफल, चीनद्धारा भिटो प्रयोग
अ अ+ अ-

काठमाडौँ । जैस ए मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालोसूचीमा समावेश गर्ने भारतको प्रयास असफल भएको छ । पाकिस्तान केन्द्रित रहेको उक्त कट्टरपन्थी समुहलाई भारतद्धारा कालोसूचीमा राखने प्रयास भएपनि चीनले भिटो प्रयोग गरेको हो ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रुपमा यो प्रस्ताव लगेका थिए । तर भारतको प्रस्तावलाई चीनले भिटो लगाएर रोकेको हो ।

यसअघि पनि अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषित गर्ने प्रस्तावलाई चीनले नै दुईपटक रोकिसकेको छ । सन् २०१६ र २०१७ मा यस्तो प्रस्ताव पेश भएको थियो । अजहरको संगठन जैस ए मोहम्मदलाई भने सन् २००१ मा नै आतंकवादी संगठन घोषित गरिएको थियो ।

एएफपीका अनुसार सुरक्षा परिषदलाई दिएको आफ्नो नोटमा चीनले भनेको छ कि मसुद अजहरमाथि प्रतिबन्ध लगाउने अपीललाई बुझ्न उसलाई केही समय चाहिन्छ । त्यसो त यसअघि पनि अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषित गर्ने प्रस्तावलाई चीनले नै दुईपटक रोकिसकेको छ ।

यदि अजहरलाई कालोसूचीमा राखिएको भए उनीमाथि यात्रा प्रतिबन्ध लाग्ने थियो र उनका अन्तर्राष्ट्रिय सम्पत्तिहरु जफत हुने थिए । उनको नेतृत्वको जैस ए मोहम्मदले नै हालै भारत प्रशासित कश्मिरको पुलवामामा गरिएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो, जसमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए ।