भारतमा मिराज २००० लडाकु विमानको एउटा टायर चोरी भएको छ ।
गत महिना उत्तर प्रदेशबाट राजस्थानका लागि मिराज २००० लडाकु विमानका पाँचवटा टायर लिएर जाँदै गर्दा एउटा टायर चोरी भएको हो ।
उजुरीकर्ताले लखनऊमा ट्रक ट्राफिक जाममा परेको बेला चोरी भएको बताए । ट्रकचालकका अनुसार दुई व्यक्तिले टायर चोरेका हुन् । एजेन्सी