१२ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई टेर्दैनन् यातायात समितिहरु, अन्तिम मौकासहित चेतावनी



अ+ अ-

काठमाडौं । सरकारले तीन महिनाभित्र कम्पनीमा दर्ता हुन यातायात समितिहरुलाई पुनः आह्वान गरेको छ। संघ संस्था ऐनअनुसार दर्ता भएका सबै समिति कानुन बमोजिम खारेज भएको जानकारी गराउँदै सरकारले उक्त आह्वान गरेको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

कम्पनी ऐनको दफा ९ लाई संशोधन गरेर समितिलाई प्रालिमा दर्ता हुन आह्वान गरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए।
यातायात व्यवसायीका लागि मात्र उक्त दफा संशोधन भएको हो, अन्यका लागि होइन,’ उनले भने, ‘संघसंस्था ऐन अन्तर्गत दर्ता भएकालाई एक पटकका लागि सरकारले मौका दिएको हो ’ तोकिएको म्यादभित्र दर्ता नभए स्वतः खारेज हुने उनले बताए।