१२ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिडियो कलबाटै सम्बन्ध विच्छेद



अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिका, ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन भयो । भोलिपल्ट श्रीमानको भिडियो कल आयो । उनले एकै चोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टु्ट्यो । ३३ वर्षीय इस्मा अहिले मजदुरी गरेर छोरी हुकाउँदै छिन् ।

नेपालगञ्ज उपमहानगरपालिका ७ की ३० वर्षीय नाजिया कसघर माइतमा थिइन् । एक दिन पतिको फोन आयो । उनले ‘हेलो’ भनिन् । उतबाट पतिले तीन पटक ‘तलाक’ भने । उनले जवाफ फर्काउन सकिनन् । सम्बन्धमा पूर्णविराम लाग्यो । सम्बन्ध बिच्छेदन भएको मान्दै उनी माइतीघरमै छिन् । उनले शारीरिक रुपले अशक्त छोरो हुर्काउने दायित्व सम्हालेकी छन् ।

इस्मा र नाजिया जस्ता थुप्रै मुस्लिम महिला सम्बन्ध विच्छेद शब्दमै स्वीकार गर्छन् । कानुनी प्रक्रिया अपनाउन चाहँदैनन् । ‘तीन पटक तलाक भनेपछि सँगै बस्ने कुरै भएन,’ नाजियाले भनिन्, ‘अदालतमा गएर झगडा गर्न मनले मान्दैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।