२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी सम्मेलनको तीव्र तयारी, विशिष्ट व्यक्तित्व आउने



अ+ अ-

काठमाडौँ । लगानी प्रवद्र्धनका लागि चैतको दोस्रो साता आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ ।

सम्मेलनमा अहिले विभिन्न देशबाट लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत पाँचसय जनाभन्दा बढी विशिष्ट व्यक्तित्व आउने निश्चित भएको लगानी बोर्डले जानकारी दिएको छ ।

विश्व बैङ्कका उपाध्यक्ष हार्टविङ सेफर, फ्रान्सका विदेश राज्यमन्त्री जीन ब्यापटिस्ट लिमोइन, म्यानमारका लगानी तथा वित्तसम्बन्धी मन्त्री ऊ थाङ चुन लगायत मुख्य वक्ताका रुपमा सम्मेलनमा सहभागी हुनुहुनेछ ।

चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा दुईसय स्वदेशी र ३२८ विदेशी संस्थाले सहभागिता जनाउने निश्चित भइसकेको बोर्डले जनाएको छ । सम्मेलनमा नेपालमा लगानीका सम्भाव्य आयोजनाहरूको विस्तृत विवरण देखाउने तयारी बोर्डको छ ।

बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले भन्नुभयो, “लगानी बोर्डले तयार गरेका ३५ र निजीक्षेत्रले तयार गरेका ११ वटा परियोजनाका विस्तृत खाका बनाएका छौँ । लगानीकर्ताले सम्मेलनकै क्रममा आफूले चाहेको परियोजनामा प्रस्ताव पेश गर्न सक्ने व्यवस्था मिलाएका छौंँ ।”

सम्मेलनमा नेपालमा लगानीका मुख्य क्षेत्रहरूबारे विशेष छलफल गर्ने गरी विभिन्न क्षेत्रगत छलफल सत्र निर्धारण गरिएको छ ।
यसमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित चीनको पावर चाइना कम्पनीका महाप्रवन्धक सङडोङसेङ लगायतको सहभागिता रहने गरी आर्थिक रुपान्तरणका लागि ऊर्जा उत्पादन सत्र चल्नेछ । त्यस्तै, ह्वासिन सिमेन्टका अध्यक्ष चिनियाँ लगानीकर्ता शु ग्याङलगायत सम्मिलित उद्योगको आधार निर्माण र रोजगारी सिर्जना सत्र सञ्चालन हुनेछ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित चाइना रेल्वे इन्टरनेसनल ग्रुपका उपाध्यक्ष वाङ लिजी, विश्व बैङ्कका मुख्य यातायात विज्ञ अर्नब बान्धोपाध्याय लगायतको सहभागितामा दिगो यातायात पूर्वाधार निर्माणसम्बन्धी सत्र सञ्चालन गर्ने बोर्डले सुनिश्चित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने उक्त सम्मेलनका लागि करिब तीन करोड रुपियाँ खर्च हुने लगानी बोर्डको कार्यालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।