२४ असार २०८३, बुधबार
,
Latest
वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण चतुर्दशीका दिन आज बालाचतुर्दशी पर्व मनाइदैँ



अ+ अ-

काठमाडौँ । आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका विभिन्न शिव मन्दिरहरुमा दीप प्रज्वलन गरी आज (शुक्रवार) चतुर्दशीका दिन शतबीज छर्दै बालाचतुर्दशी मनाइएको हो ।

त्रयोदशीको दिन बेलुकादेखि दिवङ्गत पितृका नाममा अखण्ड दीप प्रज्वलन गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन रहेको छ । यस अवसरमा काठमाडौं उपत्यकाको पशुपति, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर, गोकर्णेश्वर र सन्तानेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा शतबीज छर्ने प्रचलन रहेको छ । 

पशुपतिनाथ मन्दिरमा देशभरका भक्तजनहरु शतबीज छर्न र दर्शन गर्न आउने भएकोले आज अत्याधिक भीड रहेको छ । शतबीज भनेको सयथरि बीउ भएपनि  अहिले सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने गरिन्छ । 

यसैगरी, शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुने, भगवान शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्र पशुपतिनाथ मन्दिर परिसरमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने शास्त्रोत्त कथन छ ।