५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति

‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति
अ+ अ-

काठमाडाैँ । ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ सम्बन्धमा निजी क्षेत्रको असहमति देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल–इप्पानले उक्त विधिमाथि असहमति जनाउँदै आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले पु¥याएको योगदान र सरकारले अघि सारेको आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्यबारे चर्चा गरिएको छ । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) द्वारा हालै जारी गरिएको ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानले ध्यानाकर्षण गर्दै उक्त विधिमा राखिएका कतिपय अव्यावहारिक एवं प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्ने सरकारको नीतिविपरीत रहेको जनाइएको छ । उक्त व्यवस्थाले जलविद्युत् आयोजनाको प्राविधिक तथा वित्तीय सम्भाव्यतामा गम्भीर नकारात्मक असर पार्ने इप्पानको भनाइ छ ।

इप्पानका अनुसार निजी लगानी निरुत्साहित गर्ने र सरकारको ऊर्जा दशकको लक्ष्यलाई धक्का पु¥याउनेछ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले उक्त विधिले जलविद्युत् उत्पादन क्षेत्रमा नकारात्मक असर पार्ने बताउनुभयो । उक्त विधि २०८३ मा आयोजनाको स्तरवृद्धि गरिँदा मुख्य उपकरणको दक्षता साविक विद्युत् खरिद सम्झौता (पिपिीए) मा रहेकोभन्दा फरक गर्न नमिल्ने उल्लेख छ । साथै मुख्य उपकरणको दक्षतालाई टर्बाइनको ९१ प्रतिशत, जेनेरेटरको ९७ प्रतिशत र ट्रान्सफर्मरको ९९ प्रतिशतसम्मको सीमाभित्र हुनुपर्ने पनि प्रावधान छ ।

अध्यक्ष डाँगीले उक्त प्रावधानले प्रविधिको विकाससँगै विश्वबजारमा प्राप्त हुने सक्षम प्रविधिलाई ग्रहण गर्ने तथा कुशल प्रविधिमार्फत गर्न सकिने व्यावसायिक सुदृढीकरण कार्यलाई बन्देज लगाउने प्रयास भएको बताउनुभयो । डाँगीका अनुसार नयाँ पिपिए र थप क्षमताको पिपिएको हकमा क्षमतासम्बन्धी फरकफरक मापदण्ड तोकिनुले क्षमताको वृद्धिका लागि विगत समयबाट नेपाल विद्युत् प्राधिकरणमा प्रक्रियागत रहेका आयोजनाको स्तरवृद्धि रोक्न लक्षित भएको छ । निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकले नेपाल विद्युत् प्राधिकरणले जारी गरेको उक्त विधि तत्काल स्थगन गरी सरोकारवालासँग परामर्शपछि मात्र कार्यान्वयन गर्न माग गरिएको छ ।

प्राधिकरणले जारी गरेको उक्त विधिमा जलविद्युत् आयोजनाको क्षमता वृद्धि प्रस्ताव गर्दा साविक क्षमताको न्यूनतम १५ प्रतिशतभन्दा कम वृद्धि गर्न नपाइने व्यवस्था गरिएको भन्दै निजी क्षेत्रले त्यसप्रति असहमति जनाएको छ । प्रवर्द्धकले अधिकांश जलविद्युत् आयोजनामा ‘इलेक्ट्रोमेकानिकल’ उपकरणको दक्षता (इफिसेन्सी) वृद्धि तथा डिजाइन सुधारका आधारमा प्राविधिक रूपमा पाँचदेखि १० प्रतिशतसम्म मात्र क्षमता वृद्धि सम्भव हुने उल्लेख गरेका छन् ।

त्यस्तो अवस्थामा न्यूनतम १५ प्रतिशत क्षमता वृद्धि अनिवार्य गर्ने व्यवस्था अव्यावहारिक भएको जनाउँदै इप्पानले कुनै आयोजनाले प्राविधिक रूपमा सम्भव भएको पाँच वा १० प्रतिशत मात्र क्षमता वृद्धि गर्न चाहे पनि त्यसलाई रोक्नु प्राकृतिक स्रोतको अधिकतम उपयोगको सिद्धान्तविपरीत हुने जनाएको छ । निर्माणाधीन आयोजनामा त्यो व्यवस्था लागू भएमा धेरै आयोजनाको क्षमता विस्तारको सम्भावना स्थायी रूपमा बन्द हुने जनाउँदै इपानले पहिचान भइसकेको करिब १५ प्रतिशतसम्म थप ऊर्जा उत्पादनको सम्भावना गुम्ने जोखिम रहेको उल्लेख गरेको छ ।