१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः  मन्त्री चौधरी
अ अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास रहेको बताउनुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्द्वारा आज यहाँ आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री चौधरीले नियुक्त भएर आउनुभएका वैज्ञानिकहरुलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गर्नुभयो । “नार्क र कृषि क्षेत्रमा सुधारको आवश्यकता छ, विगत केही वर्षदेखि परिषद्भित्र आन्तरिक जटिलता, संरचनागत समस्याका कारण आफ्नो अस्तित्वको परीक्षाको घडीमा गुज्रिसकेको छ ।

मन्त्रालयले यसलाई उच्च महत्व दिँदै आए पनि आजसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र कोर्न सकिराखेको छैन, हाम्रो राष्ट्रको सबैभन्दा ठूलो विकासको आधार कृषि क्षेत्र हो, सुधारका लागि तपाईंहरू जस्ता वैज्ञानिकहरुको महत्त्वपूर्ण जिम्मेवारी रहनेछ”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले वैज्ञानिकहरूको कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने जानकारी गराउँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको बताउनुभयो ।

इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिकहरूले मात्र परिषद्को नेतृत्व गर्ने अवसर पाउने उहाँले बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कायममुकायम निर्देशक डा श्रीमत श्रेष्ठले योजना, अनुगमन, प्रशासनिक गतिविधि, आर्थिक अनुशासन र अध्ययन अनुसन्धानका विषयमा पाँच दिनसम्म अभिमुखीकरण हुने जानकारी गराउँदै वैज्ञानिकहरुले किसानहरुसँग भएको वर्षौंदेखिको अनुभव, अनुभूतिलाई आत्मसात् गर्दै वैज्ञानिकसँग भएको ज्ञानमा आधारित रहेर नवप्रवर्तनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । नार्कले नवनियुक्त ४४ वरिष्ठ वैज्ञानिक र २७ वैज्ञानिकका लागि पाँच दिनको अभिमुखीकरण सुरू गरेको हो ।