• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली जेलमा, कोमामा रहेका विरामीको संख्या डरलाग्दो



काठमाडौं । रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली कामदार विदेशी जेलमा रहेको खुलेको छ । विभिन्न अभियोगमा कारागरमा जीवन विताउन बाध्य नेपालीलाई ‘ब्लड मनी’ जुटाएर नेपाल ल्याउने क्रम चलिरहेको वैदेशिक बिभागले जनाएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार हाल विदेशको जेलमा ५२६ पुरुष र १९ महिला छन् ।

सबैभन्दा धेरै मलेसियाका जेलमा २०५ जना बन्दी जीवन बिताउँदैछन् । यस्तै यूएईमा १८५, कुवेतमा ५८, साउदीमा ५४, कतारमा ३५, बहराइनमा ५ र ओमानमा ३ नेपाली जेलमा छन् । यूईमा मात्रै १२ जना नेपाली महिला जेल जीपन बितइरहेका छन् ।

यसैगरी विदशी अस्पतालहरुमा २४ जना नेपाली कोमामा छन् । यसमा २१ पुरुष र ३ महिला छन् । कतारमा ९ जना, साउदीमा ५ जना, बहराइन र कुवेतमा ४/४ जना नेपाली कोमामा उपचारत छन् । ओमान र यूइईमा पनि एक/एक जना नेपाली कोमामा छन् ।