१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

नेकपा एकता अन्योलमा, गुट उपगुटको जालोले घेरियो

नेकपा एकता अन्योलमा, गुट उपगुटको जालोले घेरियो
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुट उपगुटको जालोले घेरिन पुगेको छ । वरिष्ठ नेतादेखि मध्यम तहका नेताहरूसमेत गुट उपगुट बनाउन सक्रिय हुन थालेपछि पार्टी एकता प्रक्रिया पनि सकसमा पुगेको छ । अहिले नेताहरु गुट बनाउन र आफ्नो स्वार्थसिद्ध पुरा गर्नमा नै केन्द्रित हुन थालेका छन् । जसका कारण मु्ख्य गुट, उपगुट हुदैँ सहायक गुट समेत सिर्जना हुन थालेको पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता भएको १० महिना पुगिसकेको छ । यस अवधिमा गुट उपगुट तथा सहगुट हुँदै गुट बढ्ने क्रममा पनि वृद्धि आएको कार्यकर्ताको गुनासो छ । अधिकांश कार्यकर्ताले गुट उपगुटको स्वार्थकै कारण एकता अलमलमा परेको भन्दै आक्रोशसमेत पोख्न थालेका छन् ।

शीर्षस्थ नेतामाथि गुटलाई निराकरण गर्नभन्दा पनि उल्टै बढावा दिने काममा समेत तल्लीन हुन पुगेको आरोप लाग्दै आएको छ । गुट उपगुटकै कारण शीर्ष नेताहरूले आफू निकटलाई च्याप्ने र इतरलाई पाखा लगाउने योजनाका कारण भागबन्डामा समेत कुरा मिल्न सकेको छैन । चरम गुटबन्दीका कारण एकता प्रक्रियाको टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको नेताहरूले स्वीकार गरेका छन् ।

शीर्ष नेता नै गुटको जालोमा

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालका प्रमुख तीन गुट सक्रिय रहेका छन् । आफ्नो गुटको स्वार्थका कारण उनीहरूबीच भागबन्डा नमिलेका कारण पार्टी एकता झनै सकसमा पुगेको छ । शीर्ष तीन नेताका प्रमुख गुटका साथै अन्य उपगुटहरू पनि सक्रिय रहेकाले भागबन्डामा किचलो भई एकता टुंगो लाग्नमा ढिलाइ भएको पार्टी स्रोतले जनाएको छ ।

नेतापिच्छै उपगुटको जालो

वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, स्थायी कमिटीका सदस्य भिम रावल, मातृका यादव, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माका छुटाछुटै उपगुटले समेत एकता प्रक्रियामा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।

महासचिव रहेका विष्णु पौडेलको आफ्नो छुटै उपगुट अस्तित्वमा छैन । उनी अध्यक्ष एवं प्रधानमन्त्री ओली निकटका नेताका रूपमा सक्रिय छन् । प्रत्यक्षअप्रत्यक्ष रूपमा गुटगत स्वार्थकै कारण एकता प्रक्रियामा ढिलाइ भएको नेताहरूले समेत स्वीकार गरेका छन् ।

तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।
अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखी स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

मुख्य समस्या शीर्ष नेतामा

नेकपाका एक नेताका अनुसार मुख्य समस्या तीन नेतामा नै रहेका कारण एकता टुंगो लाग्न नसकेको हो । अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालबीच भागबन्डा मिल्न नसकेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको दाबी उनले गरे । ‘अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालबीच भागबन्डा नमिलेकै कारण एकतामा ढिलाइ भइरहेको छ’ ती नेताले भने, ‘नेकपा अब नेकपा रहेन, प्रालि जस्तो भइसक्यो, कार्यदल गठन हुन्छ, सचिवालय पनि छ तर तीन कम्पनीबीच भागबन्डा नमिलेरै पनि एकता प्रक्रिया अलमलमा परेको छ ।’

नेकपाका महासचिव विष्णु पौडेलले पछिल्लो केही दिनयता अध्यक्षद्वय एकताका विषयमा गृहकार्य गरिरहेको बताए । एकता प्रक्रिया टुंगो लगाउन सामान्य सूत्रको प्रयोग भइरहेको उनले बताए ।

‘वरिष्ठता र सक्षमलाई नेतृत्वमा ल्याउने हो’, महासचिव पौडेलले भने, ‘दुई अध्यक्षले प्रस्ताव सचिवालयमा ल्याएपछि त्यसमाथि छलफल हुन्छ ।’ बिहीबार अध्यक्षद्वयले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग एकताबारे बालुवाटारमा छलफल गरेका थिए । एकता प्रक्रियाको विषयमा बाहिर खुलेरै धारणा राखिरहेका नेपाललाई पनि छलफलमा सहभागी बनाउने तयारी भइरहेको सचिवालयका एक सदस्यले बताए ।

एकता टुंगो लगाउन गठित कार्यदल नै विघटन

पछिल्लो नौ महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन भए । पछिल्लो समय स्थायी कमिटीबाट गठन भएको कार्यदल विघटन गर्दै एकताको सम्पूर्ण प्रस्ताव तयार गर्ने जिम्मेवारी सचिवालयले लिएको छ ।

स्वार्थकै टकरावले एकता टुंगोमा पुगेन

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले गुटगत संरक्षणले एकता टुंगो लाग्नमा समस्या भएको स्वीकार गरेका छन् । गुटहरूको स्वार्थकै टकरावले एकता टुंगो समयमै लाग्न नसकेको सत्य भएको उनले बताए ।
‘मेरो गुटको मान्छे सही ठाउँमा नल्याए भोलिका दिनमा मेरो हालत पनि नराम्रो हुन सक्छ भन्ने चिन्ता र डर नेताहरूमा छ’ स्थायी कमिटीका सदस्य साहले भने, ‘नेतारू भित्रभित्रै डराएका छन्, वैचारिक तथा सांगठनिक रूपमा कमजोर देखिएका छन् ।’

अहिले पार्टीमा विभिन्न नेताहरूको स्वार्थकै कारण एकता टुंगो लाग्न नसकेको बताउँदै उनले शीर्ष तहमा कुरा मिलेपछि एकताको घोषणा हुने बताए । एकता टुंगो लाग्नमा भइरहेको ढिलाइले त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत भइरहेको उनले बताए ।

नेकपा स्रोतका अनुसार अहिले घोषणा हुन बाँकी रहेका कमिटीका प्रमुख को हुने भन्ने नै टुंगो लाग्न सकेको छैन । शीर्ष तहमै भागबन्डा नमिलेकै कारण ढिलाइ भइरहेको दाबी स्रोतको रहेको छ ।

‘प्रदेश इन्चार्ज, विभाग प्रमुख, जनसंगठनको अध्यक्ष, जिल्ला अध्यक्षलगायतमा कसको कति भाग हुन्छ भन्ने नै टुंगो लागेको छैन्’ स्रोतले भन्यो, ‘सबै कुरामा भागबन्डा मिलेपछि मात्रै अन्तिम टुंगो लगाउँदै घोषणा हुन्छ, किस्ताबन्दीमा भागबन्डा मिलाउने प्रयास पनि जारी नै रहेको छ ।’

स्थानीय तहदेखि जिल्ला, जनवर्गीय संगठन, विभागहरूको टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । जिम्मेवारीविहीन भएका उनीहरूले नेतृत्वप्रति आक्रोश व्यक्त गर्न सुरु गरिसकेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले शीर्ष नेतृत्व तहमा एकताको प्रस्ताव तयार गर्ने गृहकार्य भइरहेको बताए । प्रस्ताव छिटै तयार हुने बताउँदै उनले एकता टुंगो फागुन महिनाको पहिलो हप्ताभित्रै हुने दाबी गरे । ‘शीर्ष नेताका बीचमा एकताको प्रस्ताव तयार गर्ने गृहकार्य भइरहेको छ’ पौडेलले भने, ‘फागुन महिनाको पहिलो हप्तामा टुंगो लाग्ने गरी प्रस्ताव आउँछ ।’

महिनौसम्म एकता टुंगो लाग्न नसकेका कारण अलपत्र परेका सबै तहका कमिटीहरूको कुनै कार्यक्रम पनि भइरहेको छैन । कार्यक्रम शून्य हुनुका साथै नेताहरूले जिम्मेवारी नपाएका कारण पार्टीको सांगठनिक कार्यका साथै वैचारिक कार्य ओझेलमा परेको छ । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी एकता उत्साहमा भए पनि सांगठनिक एकताको तयारी हुन नसकेको स्वीकार गरेका छन् । पार्टी एकताअघि नै सांगठनिक रूपमा संस्थागत तयारी नभएर ढिलाइ भएको उनले बताए ।

एकता टुंगो लाग्न नसक्नुका अन्य कारण यस्ता छन्

पार्टीमा रहेका गुट एवं उपगुटका साथै एकता टुंगो लाग्न नसक्नुका अन्य सहायक कारण पनि रहेका छन् । भेनेजुएला प्रकरण, सिके राउत र सरकारबीचमा भएको ११ बुँदे सहमति, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारलाई प्रतिबन्ध लगाउनु, मन्त्री हेरफेर गर्ने प्रस्ताव, सरकारको काम प्रभावकारी हुन नसकी नेकपा नेताबाटै आलोचना हुनुलगायतका कारणले पनि एकता टुंगो लाग्नमा समस्या भएको छ । राजधानी दैनिकमा खबर छ ।