६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पढ्नलाई उमेरले छेक्दैन



अ+ अ-

काठमाडौँ । भनिन्छ पढ्नलाई उमेरले छेक्दैन । बूढो उमेरमा के पढ्न सकिएला र भन्नेका लागि प्रसिद्ध अभिनेत्री करिश्मा मानन्धरले चरितार्थ गरिदिएकी छिन् । 

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको १२ कक्षाको नतिजामा अभिनेत्री मानन्धर उत्तीर्ण भएकी छिन् । गत भदौ–असोजमा सञ्चालन भएको परीक्षामा अभिनेत्री मानन्धरले २.४१ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन् ।

कोरोनाका कारण नियमित कक्षामा गएर पढ्न नपाएको बताउने अभिनेत्री मानन्धरले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छिन् । कोरोनाका कारण छोटो समयमा तयारी गरे पनि राम्रै नतिजा ल्याएको उनले बताइन् । 

अब उनले समाजशास्त्र वा ग्रामीण विकासलाई मूल विषय बनाएर स्नातक पढ्ने योजना रहेको बताइन् । त्यस्तै नेकपा एमालेकी शान्ता चौधरी पनि आज सार्वजनिक १२ कक्षाको नतिजामा उत्तीर्ण भएकी छिन् ।