१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पढ्नलाई उमेरले छेक्दैन



अ+ अ-

काठमाडौँ । भनिन्छ पढ्नलाई उमेरले छेक्दैन । बूढो उमेरमा के पढ्न सकिएला र भन्नेका लागि प्रसिद्ध अभिनेत्री करिश्मा मानन्धरले चरितार्थ गरिदिएकी छिन् । 

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको १२ कक्षाको नतिजामा अभिनेत्री मानन्धर उत्तीर्ण भएकी छिन् । गत भदौ–असोजमा सञ्चालन भएको परीक्षामा अभिनेत्री मानन्धरले २.४१ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन् ।

कोरोनाका कारण नियमित कक्षामा गएर पढ्न नपाएको बताउने अभिनेत्री मानन्धरले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छिन् । कोरोनाका कारण छोटो समयमा तयारी गरे पनि राम्रै नतिजा ल्याएको उनले बताइन् । 

अब उनले समाजशास्त्र वा ग्रामीण विकासलाई मूल विषय बनाएर स्नातक पढ्ने योजना रहेको बताइन् । त्यस्तै नेकपा एमालेकी शान्ता चौधरी पनि आज सार्वजनिक १२ कक्षाको नतिजामा उत्तीर्ण भएकी छिन् ।