१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइस दुर्घटना हुँदा ९ जना घाइते, तीनको अवस्था गम्भीर



अ+ अ-

डडेलधुरा । हाइस दुर्घटना हुँदा तीनजना गम्भीर घाइते र ९ जना सामान्य घाइते भएका छन् । शिलगढीबाट धनगढीतर्फ गैरहेको हाइस डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ मा दुर्घटनामा परेको हो।

ना १ ख १२६५ नम्बरको हाइस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। हाइसमा १२ जना सवार रहेका थिए । प्रहरीका अनुसार गाडी व्याक गर्ने क्रममा दुर्घटनामा परेको हो ।

गम्भीर घाइतेको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ ।