१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

सामाजिक संजालमा रवि लामिछानेलाई साथ प्रचण्डलाई लात, के छ प्रतिक्रिया खास ?

सामाजिक संजालमा रवि लामिछानेलाई साथ प्रचण्डलाई लात, के छ प्रतिक्रिया खास ?
अ अ+ अ-

काठमाडौँ । न्युज २४ बाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछाने र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको विवाद सतहमा आएको छ ।

केहि दिन अगाडि पत्रकार रवि लामिछानेले लाइभ शो बाटै ‘प्रचण्ड मारिएर केही फरक पर्दैन’ भनेर बोलेपछि उनि विवादमा परेका थिए । तर उनले आईतवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर आफूले प्रचण्डलाई सो कुरा नभनेको स्पष्ट पारेका थिए । उनले स्टाटसमा बुधm्नेले गलत तरिकाबाट बुझेको भन्दै दुःख वयक्त गरे ।

उनले लेखे

उनले आफुले कहिले पनि कोही मर्नु पर्छ वा कोही मरे पनि फरक पर्देन भनेर नभनेको उल्लेख गरेका छन् । उनी लेख्छन्, “मैले कहिलेपनि, कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन भनेको छैन। हे फुर्सदिला “तिमीहरु” हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागी पर्छौ ?बोलेको हेर,सुन।कुरा नबुझे,बुझ्नेलाई अर्थ्याउन लगाउ,सोध हुन्न ?”

पछिलो समय पत्रकारिताबाट नाम,दम र मान कमाउका रवी लामिछाने पहिलोपटक भने यसरी विवादम परेका होईनन् । कहिले चलचित्र बिकास कोषका पूर्ब अध्यक्ष निकिता पौडेलसँग विवाह गरेर होस् वा कहिले अमेरिकाको ग्रिनकार्डको कुराले बेलाबखत विवादमा परिनै रहने गर्दछन् ।

बिदेशी भूमिलाई त्यागेर नेपालमै पत्रकारिताको माध्यमबाट समाज परिर्वतन गर्छु भनेर लागेका पत्रकार लामिछाने समर्थक र १० बर्षै जनयुद्धबाट समाज परिर्वनको सपना बोकेर बन्दुक बोकेर राजनितिमा होमिएका अध्यक्ष प्रचण्ड समर्थक अहिले दुई धुर्वमा बिभाजन भएका छन् । एकले रवि लामिछाने लाई सहि भन्छन् त एकले प्रचण्डलाई त्यसैले नेपाली समाज अहिले दुई धारमा बिभाजन भएको छ भन्दा फरक नपर्ला ।

http://newspolar.com/2019/03/81283

जनता के भन्छन् ?

जनताले यो बिषयमा बिभिन्न धारण पोखेका छन् । एक थरिले प्रचण्डलाई समर्थन गरेका छन् त अर्का थरिले लामिछानेलाई । सामाजिक संजालमा के भन्छन् त हेरौं ।

सागर पाण्डे भन्छन् 
रवि लामिछाने भाइ एक उम्दा युवा पत्रकार एवं प्रस्तोता हुन् । कहिलेकाही बोल्दा बोल्दै अलि उत्तेजनामा आउदा शब्दावली चिप्लिएका पाइन्छन् । त्यही चिप्लिएका शब्दहरु फ़ेरि झटारो बनेर उनिमाथी बर्सिन पुग्छन् । बोल्दा सन्तुलित तवरबाट बोले यी कुरा न्यूनीकरण हुन सक्छन् । समाजमा केही यस्ता मान्छेहरु पनि छन् जस्ले अलि खरा , चर्का कुरालाइ बढी मन पराउछन् ।

दिपेन्द्र कुमार भन्छन् 
दुनियाँका छोराछोरी मर्दा केही नहुने,आफूलाई मार्छ भनेर,मर्छु भनेर त्यत्रो डर मान्नु पर्ने किन ? कति चिन्ता भाको बिचरा आफ्नो ज्यानको प्रचण्डलाई,१७००० मान्छे मार्दा कुनै कारवाही हुँदैन,अनि त्यो चाई राजनीतिक समाधानरे अचम्म छ ।

रमेश भट्टराई भन्छन् 
पत्रकार र पत्रकारिताको इतिहासमा कालो धब्बा लाउनु समस्त पत्रकार क्षेत्रको बेइज्जत हो । यी मानिस पत्रकारका कलङ्क हुन् । कारवाही हुनु आवस्यक छ ।

अनिल भन्छन् 
न १/२ जना मान्छे मारेर १२/१५ बर्ष जेल बसेर प्रधानमन्त्री बनिन्छ, न त १२/१५ बर्ष जंगल पसेर अध्यक्ष नै ! सबैले आ–आफ्नो काम ईमान्दारीपुर्वक गरौँ अबश्य सफल भैइन्छ।

सूर्य कोइराला भन्छन् 
कुकुर जस्तो भुक्ने झोलेहरुले नत देशको माया गर्छ न त जनताको नै । सधैभरी आफ्नो पार्टीको नेताको मलदुवार लाई हरिदुवार मात्र देख्छन् ।

अबिनाश बिष्ट भन्छन् 
साच्चिकै देशभक्ती त ती हुन जो कुनै पार्टी मा आबद्ध छैनन् अरु सबै लुटेरा लाग्छ मलाई ।

शम्भु बम्जम भन्छन् 
रवीमा खोट छ । अमेरिकामा दुईटी छोरीको पढाई र घर खर्च,नेपालमा महङ्गो फ्ल्याट र लग्जरियस कार अनि मासिक लाखौ खर्च रे। काहाँबाट आउँछ यत्रो विधि कमाई?

रोनिश साम्राी घले भन्छन् 
द्वन्द्ध कालमा कतिलाई बिधुवा बनाए कतिलाई टुहुरो बनाए । मरेर खासै फरक पर्दैन ।

गणेश भन्छन्
कुनै सर्वेच्च अदालत होइनौं तिमी एक रिपोर्टर हौ । एक पत्रकार हौ, पत्रकारको काम सूचना सङ्कल गर्ने हो तेइ गर । आफूलाइ सर्वेच्च अदालत नसोच । हरेक पत्रकारहरु पत्रकार नै बन नत्र एकदिन पत्रकारिता, मास मिडियाको अस्तित्व सखाप पर्ला ।

शर्मिला आचर्या भन्छिन्
जब हत्याराहरुले नै अरु हत्याराहरुको बिरोध गरेको देख्दा ताजुब लागेर आउँछ ।

अर्जन पण्डित भन्छन् 
तिमीहरु यस्तै भईर्हौ भने तिमीहरुका नेता यस्तै भईरहन्छन् । तिम्रा नेता यस्ता भइरहुन्जेल यो देशपनि यस्तै भइरहन्छ। त्यसैले मेरो विचारमा तिमीहरु यो देशका मेन समस्या हौ ।

अब के होला?

लामिछानेले बेलाबखतमा विवादित कार्यक्रम सञ्चालन गर्दै आएको आरोप लाग्ने गर्दछ । उनका शब्द कतिपय अवस्थामा सभ्य समाजले पचाउन नसक्ने र पत्रकारिताको आचारसंहिता विपरीत रहेको भन्दै आलोचना हुँदै आएको छ । उनले “लिटल बुद्ध”का नामले चिनिएका रामबहादुर बमजन प्रति दिएको अभिव्यक्ती, वाइडबडी घोटला र पछिलो समय बोलेको कुरा समाजले पचाउन नसेको नेकपाका कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

नेपालमा राम्रो काम गर्नेको खुटट् तान्ने प्रवृति बढेको भन्दै यस्ता विवाद आउनुलाई नेपाली समाजले सामान्य किसिमबाट लिने गर्छन् । बेलाबखतमा आउने विज्ञप्ति समय र अर्को काण्ड नआएसम्म चर्चाको बिषय बन्ने भएका कारण यो विवादपनि लामो समयसम्म नचल्ने देखिन्छ ।