• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल

प्रचण्डका कारण नेकपा एकताप्रक्रिया लम्बियो, नेपालको चेतावनीले थप जटिल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो ।
प्रचण्ड अमेरिका जानु अघि नै सांगठानिक एकता प्रक्रिया टुंगो लगाउने गृहकार्य अगाडि बढेको थियो । तर शीर्ष नेताहरुबीच सहमति जुटन नसकेपछि बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउने बारेमा अनौपचारिक छलफल भएपनि सहमति जुट्न नसकेको बताइएको छ । अध्यक्षद्धयले मात्र गर्ने निर्णय मान्य नहुने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएपछि सांगठानिक एकता प्रक्रिया थप जटिल बनेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।