१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म:म खाँदा के हुन्छ ?, के-के असर गर्छ ?



अ+ अ-

नेपालीहरुले मन पराउने खाजाको सेटमध्ये म:म पनि पर्ने गरेको छ । मैदाबाट बन्ने म:म बजारमा धेरै प्रकारका पाइने गर्दछ । तर खुला बजारमा पाइने यस्ता म:म स्वास्थयका लागि भने हानिकारक मान्ने गरिन्छ । डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । साथै हड्डी खिइने समस्या देखा पर्ने बताउछन् । अझ मैदाबाट बनेको म:म खानु शरीरका लागि खतरनाक हुन्छ ।

दैनिक खानु शरीरका लागि खतरनाक


म:म बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको म:म दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ ।

म:म वा मैदाबाट बनेका खानेकुरा खाँदा हुने नकारात्मक असरहरु …………….

१. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

२. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ ।

३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।

४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।

५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।