३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

पाथिभरा माताको सम्मान स्वरुप एक सेयर गर्दै आज शुक्रबार, हेर्नुहोस् तपाईको भाग्य र भबिश्य

पाथिभरा माताको सम्मान स्वरुप एक सेयर गर्दै आज शुक्रबार, हेर्नुहोस् तपाईको भाग्य र भबिश्य
अ+ अ-

वि.सं. २०७५ साल चैत ८ गते। शुक्रबार। इश्वी सन् २०१९ मार्च २२ तारिख। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, २७ः४० बजेउप्रान्त तृतीया


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। बलभन्दा बुद्धिको उपयोगले समर्थवान् बनाउन सक्छ। गुमेको अधिकार पुनस्स्थापित गर्न सकिनेछ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिभा प्रदर्शन गर्दै बौद्धिक उपलब्धि हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पहिलेको संकल्प पूरा गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। काममा राम्रो सुरुवात हुनाले सोचेको नतिजा हातलागी हुनेछ। शुभचिन्तकहरूको साथ, सहयोग जुट्नेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। सापटी रकम फिर्ता लिन मुस्किल पर्नेछ। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ने हुन सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द ) व्यस्तता बढ्नाले शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) परिस्थिति अनुकूल रहे पनि धनमाल हराउने डरले सताउन सक्छ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। भौतिक सुविधाको सोखले खर्च निम्त्याउन सक्छ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। स्वास्थ्य प्रतिकूल रहे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ।

नेपाली पात्रोबाट