१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

साढे ९ हजार नेपाली कोरिया जान पाएनन्

साढे ९ हजार नेपाली कोरिया जान पाएनन्
अ अ+ अ-

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन् । कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो ।

भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोरिया जान पाउने गरेका छैनन् । परीक्षा छनोटको आधारमात्रै बनेको छ । कोरियाले हरेक वर्ष कोटा निर्धारण गर्छ । त्यसैअनुसार भाषा परीक्षामा उत्तीर्ण हुनेको नामावली प्रकाशन हुँदै आएको छ । कामदार आफैंले पनि रोजगारदाता छनोट गर्न पाउँदैनन् ।

‘हामीले परीक्षा सञ्चालन गर्ने र रोजगारदाताले चयन गरेकालाई पठाउन समन्वय मात्रै गर्ने हो,’ ईपीएसका सूचना अधिकारी शोभाकर भण्डारीले भने । भाषा परीक्षा पास गर्नेले दुई वर्षभित्र रोजगारदाताले चयन नगरे पुनः परीक्षामा सहभागी हुनुपर्छ । ‘हाम्रो समय र पैसा मात्रै सकियो,’ कोरिया जान नपाएका ताप्लेजुङका रमेश लिम्बूले भने, ‘भाषा सिक्न काठमाडौंमा आए । नाम निस्कियो । कोरिया जान पाइन्छ भनेर कुरेर बसियो । अवसर आउँदा अरू काम पनि गरिएन ।’

कोरियाले कामदार लैजान हरेक वर्ष भाषा परीक्षा लिने गरेको छ । हालसम्म छुट्याएको कोटाअनुसार कामदार लिएको छैन । २००८ मा ६ हजार ७ सय ८६ कामदारको कोटा छुट्याएको थियो । सुरुको वर्ष ८१ महिलासहित २ हजार ८ सय १४ जना कामदार लगेको थियो । दोस्रो वर्ष भाषा परीक्षा गरेन । पहिलो वर्ष नै पास भएको मध्येबाट थप १९ सय ६१ जना जान पाए ।

२०१० का लागि ४ हजार एक सय ८० पास भए । त्यस वर्ष दुई हजार तीन सय ३९ जना मात्रै जान पाए । सन् २०११ मा १५ हजार ६ सय ७८ उत्तीर्ण भएकामध्येबाट ३ हजार ९ सय ८३ जना मात्रै जान पाए । २०१२ मा परीक्षा भएन । अघिल्लो वर्ष उत्तीर्ण भएकामध्येबाट ६ हजार तीन सय ३२ मात्रै कोरिया जान पाए ।

सन् २०१३ मा ७ हजार ७ सय ७८ जना पास भएकामध्ये ५ हजार ४६ जना मात्रै जान पाए । सन् २०१४ मा तीन हजार ४ सय ७८ जना पास भएकामा ६ हजार २८ जना जान पाए । २०१५ मा ८ हजार ३ सय ७० जना पास भएकामा ५ हजार ८ सय ६६ जान पाए ।

पछिल्ला तीन वर्षहरूमा पनि पास भएका सबै जान पाएनन् । २०१६ मा ८ हजार ७९, २०१७ मा ७ हजार ८ सय र २०१८ मा ८ हजार ५ सय १ जना कोरिया जान पाएका छन् । यस वर्षको भाषा परीक्षाका लागि शुक्रबारबाट फाराम भर्ने समय खुलेको छ । १८ देखि ३९ वर्षभित्रकाले कोरिया जान फाराम भर्न पाउँछन् । २०१९ का लागि कोरियाले १० हजार ५० नेपालीको कोटा छुट्याएको छ ।

भण्डारी रोजगारदाताले छनोट गर्न नसक्नेलाई पठाउन नसकिने बताउँछन् । ‘रोजगारदाताले आफूलाई चाहिने कामदारको संख्या कोरियाको मानव संसाधन विभागमा पठाउनेछ । विभागले सबै देशका नागरिकको संख्या राखेर रोजगारदातालाई चाहिनेभन्दा तीन गुणा बढी सूची उपलब्ध गराउनेछ,’ उनले भने,’ जसलाई रोजगारदाताले छनोट गर्छ । त्यही कामदार जान पाउनेछन्, छनोट नभएका कामदारको नाम मानव संसाधनको रोस्टरमा गएर पुनः बस्नेछ ।’

त्यसरी रोस्टरमा बसेको दुई वर्षभित्र रोजगारदाताले छनोट नगरे फेरि भाषा परीक्षामा पास हुनुपर्नेछ । यसबारे सरकारले कोरियासँग संवाद गर्नुपर्ने भण्डारीले बताए । ‘भाषा परीक्षामा पास हुन धेरै खर्च र मिहिनेत गरेको हुन्छ । पास गरिसकेपछि जान पाउने व्यवस्था गर्न पहल हुनुपर्ने देखिन्छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।