१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

बालक कुँवरको हत्या गर्नेलाई जीवित रहेसम्म कैद

बालक कुँवरको हत्या गर्नेलाई जीवित रहेसम्म कैद
अ अ+ अ-

काठमाडौँ । गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ ।

बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र ९एस० सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो ।

यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो । आजीवन कैदको सजाय अनुसार व्यक्ति जीवित रहेसम्म कैदमै बस्नुपर्नेछ । फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका कसुरदार जीवित रहेसम्म कैदमा रहनुपर्नेछ । सार्कीलाई प्रयासको अपहरण गरी ज्यान मारेको अभियोगमा संहिताको दफा ४१ ९ग० बमोजिम आजीवन कैदको सजाय सुनाइएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भरत लम्सालले गत बुधबार सार्कीलाई आजीवन कैदको सजाय हुने आदेश गर्नुभएको हो । न्यायाधीश लम्सालकै इजलासले फागुन ७ गते प्रयासको हत्यामा सार्कीलाई दोषी ठहर गरेको थियो ।

दोषी ठहर भएको एक महिनाभित्र सजाय निर्धारण गर्नुपर्ने फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्था अनुसार फागुन २९ गते सार्कीलाई आजीवन कैद सजाय सुनाइएको हो । पुस ८ गते सार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बालक प्रयासको हत्यामा संलग्न चालकलाई आजीवन कैदको सजाय सुनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नयाँ संहिता अनुसार केही कसुरमा व्यक्ति जीवित रहेसम्म कैदमा बस्नुपर्ने व्यवस्था छ । बालक प्रयासको हत्यामा संलग्न भएको कसुरमा प्रतिवादी चालक महेन्द्र सार्कीलाई आजीवन कैद सजाय सुनाइएको छ । आजीवन भनेको जीवनभर नै कैद बस्नुपर्नेछ ।’’

यस्तो थियो घटना

गोङगबुको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयासको मङ्सिर ११ गते अपहरण भएको थियो । अपहरणको दुई दिनपछि मङ्सिर १३ गते प्रयासको शव म्हेपी पुल नजिकै फेला परेको थियो ।

शव फेला परेपछि फरार रहेका सार्कीलाई शङ्कास्पद रहेको भन्दै डेराबाट पक्राउ गरिएको थियो । प्रहरी बयानमा सार्कीले बालकको हत्या स्वीकार गरेका थिए । करिब दुई महिनादेखि गेष्ट हाउसमा कार्यरत सार्कीले व्यक्तिगत रिसइवीका कारण बालकको हत्या गरेका प्रहरी समक्ष स्वीकार गरेका थिए ।

बयानमा उनले आमाबाबु नभएको मौका पारेर आफूले चलाउने गाडीमा नै बालकको अपहरण गरेको बताएका थिए । बाहिर लिएर गई बालकको हत्यापछि प्लाष्टिकमा पोको पारेर शव व्यवस्थापन गरेको स्वीकार सार्कीले गरेको छन् । गोरखापत्र दैनिकमा खबर छ ।