१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

विदेशमा काम गर्न जादा ख्याल गर्नुपर्ने कुराहरु

विदेशमा काम गर्न जादा ख्याल गर्नुपर्ने कुराहरु
अ अ+ अ-

कामदारका रुपमा विदेश आइसकेपछि सुरुमा देखिने विभिन्न समस्या छन्, जस्तै भाषाको समस्या, सम्बन्धित देशको कानुनी व्यवस्थाको जानकारी नहुनु, नेपाली राजदुतावाससंग समन्वयको अभाव, हावापानी नमिल्दा विरामी हुने, काम नजान्दा अनावश्यक दुख पाउने आदि ।

म्यानपावर कम्पनी तथा एजेन्टसम्बन्धी जानकारी

तपाई कुन म्यानपावरबाट विदेश जादैहुनुहुन्छ ? उक्त म्यानपावर र एजेन्टका बारेमा जानकारी लिनुहोस् तथा आफ्नो परिवारलाई सम्पुर्ण जानकारी गराउनुहोस् । म्यानपावर कम्पनी दर्ता, नवीकरण, कर बुझाउने, उसले अहिलेसम्म पठाएको कामदारको बारेमा सामान्य जानकारी, म्यानपावरको म्यानेजरको नाम, ठेगाना सम्पर्क नम्बर, आफुलाई म्यानपावरसम्म पुर्याउने ब्यक्ति, जसलाई एजेन्ट भनीन्छ, उसको पनि पुरै जानकारी लिनुहोस् र परिवारमा सम्पुर्ण जानकारी दिनुहोस् ।

आफू जाने विदेशका बारेमा जानकारी
आफू जुन देशमा जादै हुनुहुन्छ त्यसदेशको बारेमा जानकारी लिनुहोस्, भौगोलिक अवस्था, आफू रहने ठाउ आदि ।

कामका बारेमा जानकारी
आफू जुन काममा जाने हो उक्त कामका बारेमा पूर्ण जानकार हुन जरुरी छ । यदि छैन भने केहि समय लगाएर काम सिक्नुहोस् ।

कम्पनीसम्बन्धी जानकारी
आफू जुन कम्पनीमा जादैहुनुहुन्छ त्यसका बारेमा अनिर्वाय जानकारी लिनुहोस् । अहिले जुनसुकै कम्पनीको पनि वेबसाइट हुन्छ, त्यसलाई चेक गर्न सकिन्छ । त्यति मात्र नभएर नजिकका कुनै आफन्त उक्र कम्पनी अर्थात् त्यो देशमा हुनुहुन्छ भने सोधपुछ गरेर पनि जानकारी लिन सकिन्छ । अनलाइनबाट भिसा पनि चेक गर्न सक्नुहुन्छ । तलबका बारेमा पनि जानकारी लिनुपर्छ र त्यसको सहमति पत्र अनिर्वाय रुपमा पढ्नुपर्छ ।

भाषा
आफू जुन देृशमा जाने हो त्यो देशको भाषको सामान्य ज्ञान जरुरी छ, त्यसका लागी केहि समय भाष सिक्नु राम्रो हुन्छ ।

नेपाली राजदुतावाससम्बन्धी जानकारी
जुन देशमा जादैहुनुहुन्छ त्यो देशमा नेपाली दूतावास छ छैन ? छैन भने कुन देशको नेपाली दुतावासले हेर्छ ? बुझ्नुहोस् राजदूतको नाम तथा फोन नम्बर लनिुहोस् र घरपरिवारमा पनि जानकारी दिनुहोस् ।

कानुनी ज्ञान
जुन देशमा जादैहुनुहुन्छ त्यो देशको कानुनका बारेमा जानकारी लिनुहोस् ।

श्रम र बिमा
जुन देशमा गएपनि श्रम र बिमा अनिवार्य नै हुन्छ । श्रम र बिमा गरीसकेपछि पासपोर्ट आदि कागजातको प्रतिलिपी परविारमा पनि दिन बिर्सनु हुदैन ।

पैसाको रसिद
म्यानपावरमा जति पैसा बुझाइन्छ त्यसको रसदि अनिर्वाय लिनुपर्छ । कागजात पूर्ण रुपमा सुरक्षित राख्नुपर्छ । उडान भर्नु अघि सबै चेक गर्नुहोस् । कुनैपनि कुरा नभुल्नुहोस । जस्तै पासपोर्ट, भिसा पेपर, बिमा पेपर, श्रम स्वीकृति, म्यानपावरले दएिको सहमती प्रत्र आदि ।
उडान भन्दा अघि परिवारमा उडान नम्बर, बिमान कम्पनीको नाम, उड्ने समय तथा अवतरण हुने समय जानकार िगराउनुहोस् । सम्बन्धीत देशको बिमान स्थलमा अवतरण भइसकेपछि प्रहरी चेकीङमा सहयोग गर्नुहोस् । कम्पनीको आधिकारीक व्यक्ति तपाइको नाम कार्ड बोकेर उभिएको हुनसक्छ, अर्थात कुनै न कुनै आइडी लिएर बसेको हुनसक्छ ।

कम्पनीमा आइसकेपछि
सबैसंग राम्रो व्यवहार गर्नुहोस्, पुराना साथीहरु भए चिनजान गर्नुहोस्, नजिकीनुहोस् ।
राजदूतावासमा जनकारी गराउनुहोस् । आफ्ना बारेमा जानकारी, कम्पनीको नाम, आफ्नो नाम, सहमती भएको तलब, कम्पनीको मालिकको नाम नभएपनी फोन नम्बर अनिर्वाय टिपाउनुहोस्, साथै परिवारमा पनि त्यसको जानकारी दिनुहोस् ।
काम गर्न कन्जुस्याँइ नगर्नुहोस् लाज धक नमानी काम गर्नुहोस् ।
समयमा खाना खाने, सुत्ने बानी बसाल्नुहोस् । विदेशमा बाटो क्रस गर्दा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा नर्बिसिनुहोस्् ।
परिवारमा कम्पनीका बारेमा सम्पुर्ण जानकारी सहित आफूले काम गर्ने दिन, छुट्टी हुने दिन, खाना खाने सुत्ने समयका बारेमा पनि जानकारी गराउनुहोस् ।
जुन देशमा हुनुहुन्छ त्यो कानुन विपरीत कुनै पनी काम नगर्नुहोस् ।
आफू कादारका रुपमा आएको देशमा भएका नेपाली संघसंस्था, गैरआवासिय नेपाली संघ, आदिसंग नजिक रहनुहोस् । दुखसुखको कुरा साथीभाइहरुसंग सेयर गर्नुहोस् जसले गर्दा तपाइमा परेको पिडा केहि हदसम्म कम हुन्छ ।
कम्पनी छोडेर कहिल्यै नभाग्नुहोस्, समस्या आएलगत्तै नेपाली संघसंस्था, नेपाली दूतावास जहाँ सजीलो हुन्छ सम्पर्क गर्नुहोस् । यतिसम्म गरयिो भने परदेशी जीवनमा आइपर्ने जोखिम केहि हदसम्म कम गर्न सकिन्छ र आफू पनि जोगिन सकिन्छ । साप्ताहीकबाट साभार