• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार

दुई गाउँलेबीच झडप, प्रहरीमाथि ढुंगा प्रहार



रौतहट । बिहीबार दुई गाउँलेबीच झडप भएको छ। रौतहटको गुजरा नगरपालिका ९ सिमराभवानीपुरमा झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका छन।

झडपमा प्रहरी घाइते हुँदा पाँच जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिदा दुवै पक्षलाई नियन्त्रणमा नियन्त्रणमा नलिएको भन्दै चौधरीपक्षले प्रहरीमाथि ढुंगा प्रहार गरेको थियो । नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास र ७ राउण्ड हवाई फायर गरेको हो।

बनियाँ समुदायले होली खेल्न राखेको माटोको मट्का चौधरी समुदायका केही व्यक्तिले फुटाएपछि विवाद भएको प्रहरीको भनाइ छ ।
प्रहरीले २१ वर्षीय दिपेश चौधरी, आकास चौधरी, १७ वर्षीय पप्पु चौधरी, ३० वर्षीय सुकेश्वर चौधरी, ३० वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको छ।

घाइते हरुको चन्द्रनिगाहपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खड्काले जानकारी दिए।

घटनास्थलमा चन्द्रनिगाहपुर, गरुडाबाट नेपाल प्रहरी तथा सन्तपुरबाट सशस्त्र प्रहरी परिचालन गरिएको छ।