१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई गाउँलेबीच झडप, प्रहरीमाथि ढुंगा प्रहार



अ+ अ-

रौतहट । बिहीबार दुई गाउँलेबीच झडप भएको छ। रौतहटको गुजरा नगरपालिका ९ सिमराभवानीपुरमा झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका छन।

झडपमा प्रहरी घाइते हुँदा पाँच जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिदा दुवै पक्षलाई नियन्त्रणमा नियन्त्रणमा नलिएको भन्दै चौधरीपक्षले प्रहरीमाथि ढुंगा प्रहार गरेको थियो । नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास र ७ राउण्ड हवाई फायर गरेको हो।

बनियाँ समुदायले होली खेल्न राखेको माटोको मट्का चौधरी समुदायका केही व्यक्तिले फुटाएपछि विवाद भएको प्रहरीको भनाइ छ ।
प्रहरीले २१ वर्षीय दिपेश चौधरी, आकास चौधरी, १७ वर्षीय पप्पु चौधरी, ३० वर्षीय सुकेश्वर चौधरी, ३० वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको छ।

घाइते हरुको चन्द्रनिगाहपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खड्काले जानकारी दिए।

घटनास्थलमा चन्द्रनिगाहपुर, गरुडाबाट नेपाल प्रहरी तथा सन्तपुरबाट सशस्त्र प्रहरी परिचालन गरिएको छ।