१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बारमा चुनाव, रिपोर्टर्स क्लबमा प्रचार (कसले के भने ?)

बारमा चुनाव, रिपोर्टर्स क्लबमा प्रचार (कसले के भने ?)
अ अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी गरेका छन् । नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले बारको निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्षका प्रत्यासीद्धय श्रेष्ठ र पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका हुन् । प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले आफूहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकार ः स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा दिएको सुनाए । उनले न्यायापालिकामा देखिएको विकृति, विसंगति तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने सुनाए । विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितको लागि आफूले काम गर्ने श्रेष्ठको प्रतिबद्धता छ ।

स्वतन्त्र न्यायपालिका बनाउनको लागि बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने पनि उनले सुनाए । त्यस्तै, न्यायपालिकालाई स्तरीय बनाउनको लागि न्याय परिषदमार्फत मूल्यांकन गर्ने र डाटा बेशमा लैजाने उनले आफ्नो योजना सुनाए ।

कानुन व्यवसायीहरुको पेशागत हकहित र व्यवसायिक सुरक्षाको लागि पनि आफूले गम्भिर पहलकदमी लिने सुनाउँदै श्रेष्ठले ‘लयर्स एकेडेमिक एक्ट’ ल्याउने जनाए । उनले भने,‘व्यवसायमा आउने नवोदित साथीहरुको पक्षमा हामी र्छौं । व्यवसायमा देखिएका सबैखाले समस्याको समाधानको लागि म सक्रियताका साथ लागिपर्छु ।’
त्यस्तै उनले कानून व्यवसायीहरुको मर्यादालाई उच्च राख्नको लागि सरकारसँग पहल गर्ने सुनाए । उनले थपे,‘विगत तीन वर्षको अवधिमा बारले विशेष पहल गर्न सकेको छैन् । त्यसैले व्यवसायिक बार बनाउन र नवोदितदेखि बरिष्ठ साथीहरुको हकहितको सुरक्षाको लागि हाम्रो टीम लागिपर्छ ।’
उनले राष्ट्रिय सरोकारको विषयमा पनि आफू नेतृत्वको टीमले सशक्त भूमिका निर्वाह गर्ने सुनाए । उनले भने,‘हाम्रो टीममा ईमानदार साथीहरु हुनुहुन्छ ।’ उनले काम गर्नसक्ने टिम भएकोले आफ्नो प्यालन विजयी हुने स्पष्ट पारे ।

उनले थपे,‘न्यायपालिकालाई स्वतन्त्र, निश्पक्ष र मर्यादित राख्नको लागि काम गर्छौं । मेरो ४३ वर्षे सेवा अनुभव छ । मैले अहिलेसम्म प्रलोभनमा परेर काम गरेको छैन् । बार भनेको स्थायी प्रतिपक्षी हो, त्यसैले यसको भूमिकामा खरो उत्रिन्छौं । म प्रधानमन्त्रीसँग फेस–टु–फेश कुरा राख्न सक्छु।’
त्यस्तै बृहत्त लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा तय गरेको सुनाए ।

पोखरेलले यसपटकको निर्वाचन नेतृत्वकेन्द्रित नभएर नीति केन्द्रित हुने स्पष्ट पारे । न्यायापालिकामा रहेका विकृति सुधार्नुनै आफ्नो प्रमुख लक्ष्य भएको उनको भनाई छ ।
उनले आफूले बारको भीजन र मिशनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए । उनले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानून व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृतिविहीन बनाउन ’जुडिसिएल ट्रेन्ड एनालाइसिस’को शुरूआत गर्न आफूले उम्मेदवारी दिएको र जीत सुनिश्चित रहेको दाबी गरे ।

आफूले देशभरिका कानून व्यवसायीहरुको हकहित संरक्षण गर्ने र मर्यादाक्रम कायम गर्ने पनि उनले सुनाए । त्यस्तै, बार काउन्सिललाई प्रभावकारी बनाउने र बारलाई पारदर्शी बनाउने पनि पोखरेलले योजना सुनाए ।

पेशामा आउन लागेका नवोदित व्यवसायी साथीहरुलाई तपाईहरुको लागि आशाको केन्द्रको रुपमा बार छ है भनेर देखाउनेपनि उनले सुनाए । बार र अदालतलाई रिफर्म गर्ने एजेण्डासहित आफू चूनावी मैदानमा होमिएको उनले सुनाए । उनले नेतृत्वको लागि स्वस्थ प्रतिष्पर्धा हुने र आफूहरुको विचार पनि धेरै मिलेको जिकिर गरे ।