१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आज आईतबार, दक्षिणकाली माताको दर्शन स्वरुप एक सेयर गर्दै हेर्नुहोस् तपाईको भाग्य र भबिष्य

आज आईतबार, दक्षिणकाली माताको दर्शन स्वरुप एक सेयर गर्दै हेर्नुहोस् तपाईको भाग्य र भबिष्य
अ अ+ अ-

वि.सं. २०७५ साल चैत १० गते। आइतबार। इश्वी सन् २०१९ मार्च २४ तारिख। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– चतुर्थी, २५:०८ बजेउप्रान्त पञ्चमी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफन्तसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। बुद्धिको उपयोगले मात्र फाइदा उठाउन सकिनेछ। पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने हुन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्ने हुँदा व्यवहारमा सजग रहनुहोला।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) फाइदा हेर्दा सम्बन्ध बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। तर परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूका लागि उपयोग भइएला।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) मौका आए पनि सम्बन्ध बिग्रनाले पछि परिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अग्रजहरूको सहयोग जुट्नाले फाइदा उठाउन सकिनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। पहिले शक्तिको धाक देखाउनेहरू स्वतस् पछि पर्नेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ। आर्थिक समस्या सुल्झिए पनि कामसम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते ) कामना पूर्ण नभए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्त्वाकांक्षी योजना रोकिन सक्छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु ) धेरै खर्च र ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। एकसाथ चुनौती र लाभको अवसर प्राप्त हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। तापनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नुका साथै मनग्गे लाभ हुनेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ। व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सानातिना व्यवहारमै अल्झनुपर्ला। आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द ) रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामूहिक तथा लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला।

नेपाली पात्रोबाट