१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

चैतमा पानी पर्दा मौसमविद्को चिन्ता

चैतमा पानी पर्दा मौसमविद्को चिन्ता
अ अ+ अ-
Del6415536

काठमाडौं । मौसममा आएको परिवर्तनले अहिले विश्वलाई नै चिन्तित बनाउँदै छ। पृथ्वीको तापमान बृद्धि तथा मौसमी घटनामा वृद्धि हुँदै जाँदा त्यसप्रतिको चासो पनि बढिरहेको छ।

तिनै चिन्ता र चासोहरूलाई सम्बोधन गर्दै शनिबार विश्व मौसम दिवस मनाइएको छ। विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जुकुमार बैद्यले नेपालको सन्दर्भमा मौसम परिवर्तनको प्रभाव अझ व्यापक रहेको बताएको छ।

मौसममा आएका परिवर्तनका कारण हिमाल हिउँविहीन बन्दै गएका छन् भने हिम नदीको विचलन देखिएको छ। हिमताल फुटेर अचानक ठूलो बाढी आउनु, लामो समयसम्म पानी नपर्नु, बेमौसममा धेरै पानी पर्नु तथा मौसममा पानी नपर्नुजस्ता घटना बढिरहेका छन्। त्यस्तै अधिकतम तथा न्यूनतम तापक्रमको नयाँ नयाँ रेकर्ड कायम हुनुजस्ता विषम मौसमी घटनाहरूमा बृद्धि हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विषम् मौसमी घटनाहरुमा भएको वृद्धिसँगै विश्वव्यापी रुपमा नै मानिसको जनधनमा ठूलो क्षति पुर्‍याउनुका साथै यसले पर्यटन क्षेत्र तथा अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पारिरहेको मौसमविद्हरू बताउँछन्।

विषम मौसमी घटनामा भएको बृद्धिसँगै मौसमको पूर्वानुमान कार्य दिनका दिन चुनौतीपूर्ण बन्दै गएको बैद्य बताउछन्। सन् १९७१ देखि यता हरेक वर्ष मौसम ०।०५६ डिग्री सेल्सियस अधिकतम र ०।००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम फरक आइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, त्यसैगरी, पानी पर्ने दरमा हरेक वर्ष माइनस १।३३३ मिलिमिटरका दरले तथा पूर्व मनसुनको अवस्थामा प्रतिवर्ष माइनस ०।०८१ मिलिमिटरका दरले कमी आइरहेको गोरखापत्र दैनिकमा खबर छ ।