२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल पानामासँग बराबरीमा रोकियो



अ+ अ-

पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामासँग बराबरीमा रोकिएको छ । शनिबार राति पोर्चुगलमा भएको खेलमा ब्राजिल पानामासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा ब्राजिलले सुरुवाती अग्रता लिएरपनि जोगाउन सकेन । ३२औं मिनेटमा लुकास पाक्युटाले गोलगर्दै ब्राजीललाई अग्रता दिलाएका थिए । तर, ब्राजिलको अग्रता चार मिनेटमै तोडिएको थियो । पानामाका अडोल्फो माचाडोले ३६औं मिनेटमा बराबरी गोल फर्काए ।

विश्व वरियताको तेस्रो स्थानमा रहेको ब्राजिलले दोस्रो हाफमा थुप्रै अवसर पाएपनि गोल गर्न सकेन । पानमाले पनि राम्रा मौका गुमाएको थियो । ब्राजिलले दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको थियो । ब्राजिलका नियमित कप्तान नेइमार चोटका कारण आराम गरिरहेका छन् ।

उनी यस खेलमा दर्शकको रुपमा सामेल भएका थिए । यसैगरी शनिबार रातिनै भएको मैत्रीपूर्ण खेलमा मलेसियाले अफगानिस्तानलाई २–१ गोलले हरायो । ओमान र सिंगापुरले १–१ गोलको बराबरी खेलेका छन् ।




भर्खरै