१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

यसकारण विद्रोहको मुडमा छैन रोल्पा

यसकारण विद्रोहको मुडमा छैन रोल्पा
अ अ+ अ-

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो– के यो अर्को द्वन्द्वको विजारोपण हो रु सामाजिक सञ्जाल, चिया पसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहको केन्द्र मध्यपश्चिमी जिल्ला रोल्पालाई नछुुने कुरै भएन।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गरेलगत्तै गरिएको रोल्पा भ्रमणमा हामीले त्यहाँका जनताको मनस्थिति बुझ्ने प्रयास गर्‍यौं। स्थानीयलाई सोध्यौं, ‘के फेरि रोल्पामा माओवादीले गरेजस्तै विद्रोह विप्लव नेतृत्वको नेकपाले गर्न सक्ला ?’

आम रोल्पाली यति बेला त्रसित छन्। एकातिर द्वन्द्व हुने हो कि भन्ने झिनो त्रास छ भने अर्कोतिर उनीहरु अनिच्छापूर्वक दिइनुपर्ने चन्दाको मारमा छन्।
सदरमुकाम लिवाङ, घर्तीगाउँ, इरिवाङ, कोर्चावाङ, कुरेली, मिरुल, थवाङ, तिला, होलेरी आदि गाउँमा भेटिएका अधिकांश मानिस त्यो तहको द्वन्द्व होला भन्ने ठान्दैनन्। तर दैनिक जीवन बिथोलिने गरी समाज हिंसामै फर्किने हो कि भनेर त्रसित भने छन्। माडी गाउँपालिका कोर्चावाङ, मिनहीमा होटल व्यवसाय गरिरहेकी भीमा पुनले दिएको प्रतिक्रियामा यस्तै त्रास भेटिन्छ। ‘हिजो द्वन्द्वका बेला माओवादीलाई पालियो कर तिरियो, अब विप्लवलाई तिर्नुपर्ला’, उनी भन्छिन्, ‘विप्लवले जनतालाई पेल्ने हो, पुलिसले पनि माओवादी पाल्यो भनेर हामीलाई नै पेल्ने त हो।’

उनले होटल व्यवसाय गर्न थालेको १४ वर्ष भयो। द्वन्द्वकालमा उनी तिला गाविसमा होटल चलाउँथिन्। अहिले कोर्चावाङमा आएकी छन्। उनले सुरुमा होटल सुरु गर्दा सडक बनिसकेको थिएन। त्यति बेला उनी पाउरोटी, दुनोट बनाएर बेच्थिन्। घोडा, खच्चर लिएर आउने व्यापारी उनका ग्राहक हुन्थे। अहिले सडक खुलेपछि मोटरचालक र यात्रुु उनका ग्राहक भएका छन्। विगतको द्वन्द्वका नमिठा स्मृति छन् उनीसँग। ‘छोराछोरी सानै थिए, कर र चन्दा दिएर माओवादीलाई सहयोग गरियो। अब त छोराछोरीलाई बन्दुक नै बोकाउँछन् कि’, उनी चिन्ता गर्छिन्।

इरिवाङ, बाघमारामा २०४८ सालदेखि होटल सञ्चालन गर्दै आएकी भ्युसरा पुनलाई पनि पहिले जस्तै माओवादी र सेना, दुुईतिरकै चेपुवामा परिन्छ कि भन्ने पिरलो छ। ‘सेनाले माओवादी पालिस् भन्ने, माओवादीले सेनालाई के भनिस् भनेर दच्काउने, खुुबै सास्ती खेपियो’, उनी भन्छिन्, ‘शान्ति आएपछि आनन्द भयो भनेको, फेरि द्वन्द्व हुन्छ कि भन्ने गाइँगुुइँ सुनिन्छ।’ इरिवाङ र कोर्चावाङका यी दुुई होटल व्यवसायी महिलाजस्तै त्रसित मनोविज्ञानमा यतिखेर आम रोल्पाली छन्। एकातिर द्वन्द्व हुने हो कि भन्ने झिनो त्रास छ भने अर्कोतिर उनीहरु अनिच्छापूर्वक दिइनुपर्ने चन्दाको मारमा छन्। उनीहरुलाई द्वन्द्वको भन्दा पनि चन्दाको चापले पिरोलेको छ।

रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले चन्दा उठाउनमै जोड दिइरहेको बताउँछन्। उनी भन्छन्, ‘स्थानीय निकाय, व्यवसायी, कर्मचारी सबैबाट चन्दा असुुलिरहेका छन्। लिवाङ बजारभित्र चन्दा नदिने सायदै होलान्।’

चासो चन्दामै
खासखुस कुराकानी भए पनि र अनौपचारिक टिप्पणी गरे पनि विप्लव समूहले उठाइरहेको चन्दाबारे रोल्पामा हत्तपत्त कसैले मुख खोल्दैन। चन्दाका लागि विप्लव समूहले धम्क्याएको भनेर प्रहरीमा उजुरी पनि आएको छैन।

‘भित्रभित्रै चन्दा संकलनको काम भइरहेको सुरक्षा निकायलाई पनि थाहा छ तर कसैले उजुरी नगरेपछि केका आधारमा कसलाई कारबाही गर्ने’, लिवाङ जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक खड्काले भने। जबर्जस्ती चन्दा उठाएको थाहा पाएपछि भने विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको, कारबाही चलाएको उनले बताए।

रोल्पा प्रहरीले गत पसु २२ गते लुङ्ग्री गाउँपालिका वडा नं। २ उपल्लो सिर्प बस्ने विप्लव नेतृत्वको नेकपाका इलाका सेक्रेटरी गोरे भन्ने भुपेन्द्र खड्कालाई चन्दा असुुलीको आरोपमा पक्रिएको थियो। लुङ्ग्री गाउँपालिका वडा नं। २ बस्ने हिक्मतेश्वर आधारभूत विद्यालयका शिक्षक देवेन्द्र रिजालसँग जबरजस्ती चन्दा लिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो। डिएसपी खड्काका अनुसार धाकधम्की र करकापमा पारी ५० हजार रुपैयाँ चन्दा लिएकाले खड्कालाई पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालतमा चन्दा ऐन २०३० बमोजिम मुद्दा चलाइएको छ। अदालतले उनलाई तारेखमा छोडेको छ। सोही आरोप लागेका अरु दुईजना फरार छन्।

त्यसयता जबर्जस्ती चन्दा असुुलीको उजुरी नपरे पनि विप्लव समूहका कार्यकर्ताले दुुई किसिमबाट चन्दा संकलन गरिरहेको स्थानीयसँगको कुराकानीबाट थाहा हुन्छ। चन्दा संकलनका दुई तरिका हुन्– रकम नतोकी स्वेच्छिक र रकम तोकेर बाध्यकारी।

किराना पसल, ससाना होटल चलाउने, समर्थक, शुुभचिन्तक आदिसँग स्वेच्छाका आधारमा चन्दा संकलन भइरहेको छ। विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, स्थानीय निकायका जनप्रतिनिधि र ठूला व्यापारीसँग भने रकम तोकेरै चन्दा उठाउने काम भइरहेको घर्तीगाउका भेटिएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता विजय घर्ती बताउँछन्। उनका अनुसार हरेक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई ८० हजार देखि एक लाखसम्म तोकिएको छ। स्थानीय सरकारका कर्मचारीलाई भने एक महिनाको तलब दिनुुपर्ने उर्दी जारी गरिएको छ।

‘प्रावि शिक्षकलाई ५० हजार, स्थानीय निकायअन्तर्गतको विकास परियोजना सञ्चालन गर्ने ठेकेदारलाई कुल बजेटको ५ देखि १० प्रतिशत, कर्मचारीलाई एक महिनाको तलब, स्थानीय निकायका जनप्रतिनिधिको हकमा पनि ठाउँ र व्यक्ति हेरेर चन्दा तोकिएको छ’, घर्ती भन्छन्, ‘बम पड्काई त्रास फैलाउनुका पछि चन्दा संकलन नै मुख्य उद्देश्य छ।’

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता अमित घतीर्ले चन्दा उठाउन कसैलाई जबर्जस्ती नगरेको दाबी गरे। चन्दा संकलन गरेको स्विकार्दै उनले भने, ‘पार्टीको नीति जबर्जस्ती चन्दा संकलन गर्ने होइन, स्वेच्छाले आर्थिक सहयोग लिने हो। एकाध मान्छेलाई जबर्जस्ती लिएको महसुुस भएको हुन सक्छ तर हामीले चन्दा संकलनको आधार स्वेच्छिक नै बनाएका छौं।’

प्रहरीसंगै खेल्छन्
चन्दा संकलन गरेको स्विकार्दै गर्दा अमित थवाङको इलाका प्रहरी कार्यालयबाट मुस्किलले दुुई मिनेटको दूरीमा थिए। विप्लव समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध घोषणा गरेसँगै त्यसका नेता कार्यकर्ता पक्रिने क्रम तीव्र पारिँदा अमित भने निश्चिन्त देखिन्थे। ‘अहिलेसम्म यहाँ हामीलाई त्यस्तो जोखिम छैन’, उनले भने। प्रहरी कार्यालय परिसरमै हरेक बिहान उनी प्रहरीसँगै ब्याडमिन्टन खेल्छन्।

गुुचुुमुुच्च बस्तीको बीचमा थवाङको इलाका प्रहरी कार्यालय छ, जहाँ प्रहरी निरीक्षकसहित ३१ जनाको दरबन्दी छ तर प्रहरी नायब निरीक्षकको कमान्डमा १४ जनामात्रै प्रहरी परिचालित छन्। प्रहरी भवनमा घरधनी, एउटा सहकारीको कार्यालय र प्रहरी तिनैथरी मिलेर बस्छन्।

‘राजनीतिक गतिविधि मात्रै गर्दा पक्रनुु आवश्यक छैन’, सई नदीराम खड्काले भने, ‘कोही नेता भूमिगत पनि छन्, कोही छैनन्। यहाँ मुुस्किलले महिनामा एक दुुईवटा उजुरी पर्छ। घरझगडा, रक्सी खाएर लोग्नेस्वास्नीबीच भएको झगडाबारे उजुुरी पर्छ। विप्लव समूहलाई लिएर उजुरी परेको छैन।’

विप्लव समूहका गतिविधिलाई लिएर जिल्ला प्रहरी कार्यालयमै पनि खासै उजुरी आउँदैन। यद्यपि दुुई वर्षयता यो समूहका गतिविधि हिंसामुखी हुँदै आएका छन्। स्थानीय तहको निर्वाचन, त्यसपछि केन्द्रीय निर्वाचनका बेला आफ्नो उपस्थिति र प्रभाव देखाउन विप्लव समूहले देशैभर बम विस्फोटका घटना गरायो। रोल्पा पनि त्यसबाट अछुुतो रहेन। पछिल्ला केही साता यता यो समूहले एनसेलको टावर र स्थानीय निकायलाई लक्षित गरेर बम विस्फोटन र आगजनी गरेको छ।

गत फागुन १० थते सुनिल स्मृति गाउँपालिकास्थित सुलीचौरमा रहेको एनटिसीको टावर र सोही दिन गजुलमा रहेको एनसेलको टावरमा यो समूहले आगजनी र बम विस्फोट गरायो। त्यसको ११ दिनपछि फागुन २१ गते त्रिवेणी गाउँपालिका कार्यालय नजिक तीनवटा बम फेला परे, जसलाई सेनाले निष्क्रिय पार्‍यो। त्यसै दिन सोही गाउँपालिकाको गाडी तोडफोड गरियो। दुुई दिनपछि उक्त गाउँपालिकाको डोजरमा आगजनी भयो। गंगादेव गाउँपालिकामा पनि तोडफोड र आगजनी भयो। २३ गते सदरमुकाम लिवाङ बजार क्षेत्रभित्र नेपाली कांग्रेसको पार्टी कार्यालयअगाडि राखेको बम सेनाले निष्क्रिय पार्‍यो। त्यसै दिन माडी गाउँपालिका वडा नं. २ को मोटरसाइकल जलाइयो।

रोल्पा प्रहरी प्रमुख खड्का भन्छन्, ‘एनटिसीको टावर र एनसेलको टावरमा विस्फोटसँगै आगजनी गरेको आरोपमा जिल्लास्तरीय नेता लालबहादुर सुनार, टीकाराम परियार र निपेन्द्र सिंहविरुद्ध कारबाही प्रक्रिया बढाएका छौं।’ उनका अनुसार रोल्पामा हाल ६ सय प्रहरी जनशक्ति छ। हालै केही गाउँमा प्रहरी जनशक्ति थपिएको छ। उनले भने, ‘हामीले जबर्जस्ती चन्दा आतंक मच्चाउन खोज्ने, भड्काउँदै हिड्ने आदिलाई पक्राउ गरेका छौं तर राजनीतिक रुपमा भद्र हिसाबले बसेका कार्यकर्तालाई केही गरेका छैनौं।’ नागरिक दैनिकमा खबर छ ।