काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । छ । काठमाडौंमा भृकुटीमण्डपमा शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो । राप्रपाको आगामी नेतृत्वका लागि बर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन समूह सहित प्रतिस्प्रर्धामा हुनुहुन्छ । यसै गरी आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवार बीच प्रतिस्प्रर्धा हुदैछ ।
पदाधिकारीमा एक महिला सहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ । यसैगरी समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।