१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल हेर्न गएका समर्थकको रंगशालामा मृत्यु, जिम्बाबेको छनोट ओझेलमा



अ+ अ-

हरारे । खेल सुरु हुनुभन्दा अगाडि रंगशाला प्रवेश गर्न दर्शकबीच खिचातानी हुँदा एक समर्थकको मृत्यु भएपछि ‘अफ्रिका कप अफ नेसन्स’ फुटबल प्रतियोगितामा जिम्बाबेको छनोट ओझेलमा परेको छ ।

हरारेस्थित राष्ट्रिय रंगशालामा जिम्बाबे र कंगो—ब्राजाभिलबीच समूह ‘जी’ को अन्तिम छनोट खेल हुने कार्यक्रम थियो । सोही खेल हेर्न दर्शकको ओइरो लागेपछि भागदौडमा एक समर्थकको निधन भएको जिम्बाबे फुटबल संघले जनाएको छ । समर्थकको निधन भए पनि ‘अफ्रिका कप अफ नेसन्स’ को छनोट खेल भने अगाडि बढाइएको थियो ।

उक्त खेलमा २—० गोलले विजयी हुँदै जिम्बाबे सन् २०१९ मै इजिप्टमा आयोजना हुने ‘अफ्रिका कप अफ नेसन्स’ का लागि छनोट भएको छ । समर्थकको मृत्युको विषयमा प्रहरीले अनुशन्धान गरिरहेको समाचारमा जनाइएको छ । जिम्बाबे फुटबल संघले समर्थकको निधनप्रति दुःख ब्यक्त गरेको छ । निधन भएका समर्थकको नाम भने खुलाइएको छैन ।