१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पाईपले हान्दा छात्र विरामी, मिसलाई कस्तो कारवाही हुन्छ ?

पाईपले हान्दा छात्र विरामी,  मिसलाई कस्तो कारवाही हुन्छ ?
अ अ+ अ-

काठमाडौं । मिसको कुटाइबाट घाइते ८ वर्षीय राजु बुढाथोकी अस्पताल भर्ना भएका छन्। गुल्मी रेसुंगा–९ मा बस्दै आएका उनी उपल्लो तम्घास माविमा यूकेजीमा अध्ययनरत छन्। उनलाई शिक्षिका सावित्रा आचार्यले चैत ४ गते कुटपिट गरेकी हुन्।

कक्षामा प्रश्नको उत्तर दिन नसकेपछि मिसले पाइपले टाउकोमा हानेको राजुले बताए। उनलाई सुरुमा आईसीयूमा राखी उपचार गरिएको थियो। उनी पाँच दिनदेखि लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचाररत छन्। गुल्मी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि तानसेन ल्याइएको थियो।

उनकी आमा कविताका अनुसार विद्यालयबाट घर आउँदा छोराको टाउको सुन्निएको थियो। राजु आफूले बान्ता गरेको बताएका थिए। तत्काल प्रधानाध्यापक रामहरि पन्थीलाई घटनाबारे जानकारी गराएर घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि पाल्पा ल्याइएको कविताले सुनाइन्।

प्रधानाध्यापक पन्थीले घटना लुकाउन अभिभावकलाई दबाब दिएका थिए। छोरोको उपचार खर्चसमेत नदिने बताएको दुखेसो उनले पत्रकारसामु गरिन्। आइतबार सुरु वार्षिक परीक्षा दिन राजु वञ्चित भएका छन्। अरूको उक्साहटमा घटनालाई ठूलो बनाउन खोजिएको दाबी प्रधानाध्यापकले गरे। ‘बच्चा कुटाइबाट नभई म्यानेन्जाइटिसका कारण बिरामी भएको हो’, उनले भने, ‘अस्पतालको खर्च मिलाउने कुरा भएको छ।’ कविताले रकम माग नगरेको र बच्चाको वार्षिक परीक्षा पछि दिलाइने उनले बताए। पिटाइकै कारण बालक अस्पताल भर्ना भएको प्रमाणित भए शिक्षिकालाई कारबाही गर्ने प्रतिबद्धता उनले जनाए।

कविताका श्रीमान् उमेशले आठ वर्षअघि छोरो नपाएको भन्दै दोस्रो विवाह गरेका छन्। छोरो जन्मिएपछि आफ्नो नभएको भन्दै श्रीमतीलाई घरनिकाला गरे। घरबारविहीन भएपछि उनले तम्घासमा मजदुरी गरेर छोरा पढाउँदै आएकी छन्।

संवेदनशील अंगमा कुट्दा समस्या देखिएको उपचारमा संलग्न डा. प्राप्ति श्रेष्ठले बताइन्। ‘अनुशासन कायम गर्ने बहानामा टाउकोमा कुट्नु राम्रो होइन’, उनले भनिन्। बालकमा म्यानेन्जाइटिस देखिएको उनले पुष्टि गरिन्। अन्नपूर्ण पोष्टमा खबर छ ।