१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमा जवरजस्ती हुदैन: प्रचण्ड



अ+ अ-

चितवन । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताउनु भएको छ । 

अध्यक्ष दाहालले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढने अवस्था नरहेको प्रष्टयाउनु भएको हो । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले राजनीतिक दलहरुको सहमती र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताउनु भयो । 

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतीमा मात्रै हुने अध्यक्ष दाहालको भनाई थियो । अध्यक्ष दाहालले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा, एमसीसी के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका नेता, कार्यकर्तालाई अपिल गर्नु भयो । उहाँले भन्नु भयो, ‘न्यायालयतिर के होला भन्ने चिन्ता । अर्कोतिर एमसीसी भन्ने छ । एमसीसीले के गर्छ भन्ने चिन्ता । २८ गते सदन बोलाइएको छ । केहीले सोचेका छन–एमसीसीको लागि बोलाइएको हो कि भनेर । कोहीले सोचेका छन–महाअभियोगको लागि भनेर । यो त हिँउँदे अधिवेशन हो । यो अधिवेशन हामीले बोलाउनु नै पथ्र्यो, प्रतिनिधिसभाको महत्वको लागि पनि । अव त्यहाँ भित्र राजनीतिक दलहरुको समझदारी बनाएर, जान्छौं हामी । एमसीसीको पनि राष्ट्रिय सहमति र राजनीतिक दलहरुको समझदारीबाटै जान्छ । जब्बरजस्ती गरेर कसैले हुने कुरा छैन । महाअभियोग पनि त्यो राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने÷नहुने कुरा हुन्छ । त्यसकारण त्यसमा चिन्ता नमानी लोकतन्त्र र गणतन्त्रको पक्षमा, हामीले ल्याएको परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु ।’

अध्यक्ष मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको दोहो¥याउनु भयो । अध्यक्ष दाहालले एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनलाई पञ्चायतीकरणको संज्ञा दिँदै त्यसविरुद्ध अझ सजक र सक्रियताका साथ लागि पर्न पनि पार्टी निकट पत्रकारहरुलाई सचेत गराउनुभयो । उहाँले भन्नु भयो, ‘अहिले पनि प्रतिक्रियावादीहरु, प्रतिक्रान्तिकारीहरु, पुनरुत्थानवादीहरु यो परिवर्तनलाई जो जनताको पक्षमा छ । जो यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समूदायको पक्षमा उनीहरुको हक अधिकारको पक्षमा छ । र यो संविधान जसले समावेशी र समानुपातिक मुख्यत यसलाई विश्वले इन्क्लूसिप डेमोक्रेसीरुपमा चिन्छ । हामीले सबैले गर्व गर्न सक्ने कुरा के हो भने नेपाल जस्तो बुहजाति, बहुभाषी, बहुसांस्कृतिक, भौगोलिक विविधतासहितको राष्ट्रमा सबै जातजाति, भाषाभाषीको पहिचान र अधिकार स्थापित गर्ने समावेशी र समानुपातिक प्रतिनिधित्व को प्रणालीसहितको लोकतन्त्र जो हाम्रो संविधानले संस्थागत गरेको छ । त्यसको रक्षा गर्ने कुरा प्रतिक्रान्तिकारीहरुको हमलाबाट त्यसलाई रोक्ने कुरा, बचाउने कुरा अहिले पनि त्यत्तिकै आवश्यक छ ।

जति हामीले हिजो जनयुद्धको बेलामा वा जनआन्दोलनको क्रममा प्रतिक्रान्तिकारी निरंकुशताका विरुद्ध प्रतिवाद गर्नु परेको थियो । त्यतिबेला त्याग र बलिदानका थुप्रै कीर्तिमानहरु कायम गर्दै जनतासँग एकाकार हुँदै हामीले लडाई अगाढि बढाउनु परेको थियो र त्यस परिस्थितिमा हामी शान्ति सम्झौंता हुँदै, संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म स्थापित गर्न सफल भएको थियौं । अहिले तपाई हामी सबैलाई थाहा छ–दुई दशक नहुँदै झण्डै १५ वर्ष भित्रै यसलाई उल्टयाउन षडयन्त्र भयो गत सालमा । संविधानलाई कुल्चने, मिच्ने षडयन्त्र भयो । प्रतिगमनतिर जाने षडयन्त्र भयो । र त्यसका विरुद्ध फेरी हामीले पत्रकारिताको तर्फबाट, राजनीतिक नेतृत्वको तर्फबाट आम जनतालाई सडकमा ल्याएर संघर्षमा जानुपर्ने अवस्था भयो । तपाई हामी सबैले त्यसका निम्ति वातावरण बनायौं । तपाई प्रेसमा काम गर्ने साथीहरुले पनि प्रतिगमनविरुद्ध, प्रतिक्रान्तिकारी कदम विरुद्ध, जनताले झण्डै सात दशक लडाई गरेर ल्याएको सकारात्मक लोकतान्त्रिक प्रणालीलाई उल्टयाउन खोज्ने शक्ति, प्रवृत्ति र तत्वका विरुद्ध तपाईहरुले जसरी जनमत निर्माण गर्नु भयो । म राजनीतिक नेतृत्वको हैसियतले तपाईहरु सबै र प्रेससँग सम्बन्धित आम साथीहरु र संगठनहरु जसले प्रतिगमनका विरुद्ध आवाज उठाए । लेखे, बोले । यो सबै गर्ने साथीहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । साथीहरु, अहिले पनि खतरा टरिसकेको छैन । हामी एक पटक त ब्याटल फेरी पनि जित्यौं प्रतिगमनका विरुद्ध । तर प्रतिक्रान्तिकारी र प्रतिगमनकारी शक्तिहरु अहिले पनि सल्बलाईनै रहेका छन, कहिन कहीँ हाम्रो गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत् जनतामा भ्रम छर्न सकिन्छ कि ? भनेर त्यो षडयन्त्र अहिले पनि जारी छ । हामी कोही अहिल्ये रिल्याक्स गर्ने ठाउँ आईसकेका छैनौं । र म तपाई साथीहरुलाई पनि आफ्नो कमल तिखो बनाउने कुरा, आफ्ना बाजागाजाहरु, आफ्ना सबै सञ्चार संयन्त्रहरुलाई तीव्रताका साथ अघि बढाउने कुरामा रिल्याक्स नगर्नु होला ।

अहिले पनि प्रतिगमनको खतरा पूरै टरिसकेको छैन । अहिले पनि नेपाल राष्ट्र र नेपाली जनताको विरुद्ध षडयन्त्र जारी छ । तपाई विभिन्न क्षेत्रमा जे देख्नु हुन्छ, त्यो सबैसबै नै यही चितवन जिल्ला हो अघि प्रसंग पनि आयो । यहाँ पार्टीहरुले ठूल्ठूला भेला, अधिवेशन, महाधिवेशन जेजे भने पनि चितवनमा गरे । तपाई हामीले देखेका छौं । त्यहाँ एउटा बढो बिचित्रको धु्रवीकरण देखा प¥यो । तपाईहरुले कतिको नोट गर्नु भएको छ । तपाई पत्रकार साथीहरुले पक्कै पनि ध्यान दिनु भएको होला । ती भेला, मेला जे भन्नुस्–त्यसमा एउटा मण्डलेकरणको प्रवृत्ति, पञ्चायतिकरणको प्रवृत्ति, एउटा सामन्ती निरंकुशतातिर जाने प्रवृत्ति र अर्को त्यसका विरुद्ध जाने प्रवृत्ति दुईटा प्रस्ट देखा परेका छन । तपाईहरुले सुन्नु भएको होला, कहीँनकेहीँ यहाँबाट भेला गरेर जाने पार्टीहरु भित्र एउटा गुट चाँही अलि मण्डलेकरण तिर, पञ्चायतीकरणतिर, निरंकुशतातिर, प्रतिगमनतिर जाने हर्कत अहिले पनि छोडेको छैन । त्यसकारण हामीले क्रान्तिको उपलब्धिको रक्षा गर्ने कुरामा आफ्नो सजकता, आफ्नो सक्रियता कहीँकतै छोडने स्थिति छैन । हामी अव हतियार उठाउँदै छैनौं । हामी युद्धमा जाँदै छैनौं । हामी शान्तिपूर्ण ढंगले नै प्रतिगमनविरोध आन्दोलनलाई जनव्यापी बनाउन चाहन्छौं । लाखौं र करोडौं जनताको चेतनाको बलमा हामी प्रतिगमनलाई रोक्न चाहन्छौं । प्रतिक्रान्तिलाई रोक्न चाहन्छौं । र यो देशलाई समाजवादको दिशातिर, समृद्धिको दिशातिर, समाजिक न्याय र उत्पादनको चरणतिर लैजान चाहन्छांैं । ’

अध्यक्ष दाहालले आफूहरुले प्रतिक्रान्तिलाई रोक्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन चाहेको पटक–पटक दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले प्रेस सेन्टर नेपालको नेतृत्व चयनमा आफूले हस्तक्षेप नगर्ने बताउनु भयो ।