जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा विस्फोट हुँदा आठ सर्वासधारण घाइते भएका छन् । विस्फोट एक स्वास्थ्य शिवीरनजिकै गराइएको थियो । यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको बताइएको छ ।
घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।
यस विस्फोट कुन उद्देश्यले गराइएको हो सो प्रष्ट नभएको तर अनुसन्धानरत रहेको खोग्यानीले बताए ।
अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा ३ हजार ८ सय सर्वसारणको मृत्यु हुनुको साथै ७ हजार १८० भन्दाबढी घाइते अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।