१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खुमा रहेको एनसेलको कार्यालय अगाडि विष्फोट गराउने ४ जना पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुरको नख्खुमा रहेको एनसेलको कार्यालय अगाडि विष्फोट गराउने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका कार्यकता रहेका छन् । दुई जना अझै फरार छन् ।

प्रहरी प्रधान कार्यलयका अनुसार पक्राउ पर्नेमा डिकेन्द्र राई,सूर्य भुजेल, रामृकष्ण खतिवडा र शिव धिमाल रहेका छन् । भुजेल विप्लवका पूर्वअंगरक्षक भएको स्रोतले बताएको छ । फरार रहेका दुई जनाको पनि प्रहरीले पहिचान गरिसकेको स्रोतले बताएको छ ।

एनसेल मुख्यालयमा विष्फोट हुनुअघि तीन वटा मोटरसाइकमा गएका ६ जना मध्ये ४ जना पक्राउ परेको प्रहरीले दाबी गरेको हो ।प्रहरीका अनुसार सीसी टीभीले सबैलाई पहिचान गरेको हो ।

एनसेल मुख्यालय अगाडि गत फागुन ११ गते विष्फोट गराइएको थियो ।घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनालगत्तै विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सञ्चारमाध्यमहरुसँग कुरा गर्दै घटनाको जिम्मेवारी लिएका थिए । उनलाई पनि प्रहरीले शनिबार काभ्रेबाट पक्राउ गरिसकेको छ ।


सुदर्शनसहित अन्य ४ जना विरुद्ध विष्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको कसुर अन्तरगत मुद्दा चलाइएको छ ।