काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले जित हात पारेको छ । विश्वकप छनोटलाई मुख्य नजर गर्दै भारतको आन्ध्रा यू–१९ टिमविरुद्ध खेलिएको खेलमा नेपाल १ विकेटले विजयी भएको हो ।
आन्ध्राले दिएको २२८ रनको लक्ष्य नेपाली टिमले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ७१ रन बनाए ।
त्यस्तै, भीम सार्की ४९ रन बनाएर आउट भए ।उनि अर्ध सतकबाट एक रनले चुके । पवन सर्राफले ३०, सन्दीप जोराले १९ र कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख भने १२ रनमा आउट भए ।
यसअघि आन्ध्राले टस जितेर निर्धारित ५० ओभर सकिन ५ बल बाँकी छदा सबै विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।
आन्ध्राको लागि योगेनान्दले ५९ र नितेस कुमारले ५१ रन बनाएका थिए । बलिङतर्फ नेपालका कमलसिंह ऐरीले चार र पवन सर्राफले तीन विकेट लिए ।