१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहको आरोप : कार्यकर्ता पक्राउ गराउने, नेकपाको सदस्यता लिने सर्तमा रिहा गर्ने



अ+ अ-

गोरखा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा गोरखाले नेकपा एमालेले झैं आफ्ना नेता कार्यकर्ता पक्राउ गराउने र पार्टीको सदस्यता लिने सर्तमा रिहा गराउने काम अहिले सरकारको नेतृत्व गरेको नेकपाले गरेको आरोप लगाइएको छ ।

आफ्ना नेता कार्यकर्तालाई पक्राउ गराउन नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता कार्यकर्ताले प्रहरी प्रशासनमा दबाब दिने गरेको पनि बताइएको छ । सोमबार जारी विज्ञप्ति हाम्रा पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकको घर खान्तलासी गर्ने, परिवारलाई त्रासमा राख्ने, सरकारका पार्टीका नेता कार्यकर्ताले सुराक र सूचना गरी गिरफ्तार गर्न प्रशासनलाई दबाव दिने गरेका छन्’। र अन्त्यमा जनयुद्ध कालमा एमाले पार्टीले झै गरी आफ्नो पार्टी प्रवेशको सर्तमा प्रशासनको ढोकामा साक्षी बस्ने जस्ता नाङ्गो कदम गोरखामा केही दिनदेखि देखिएको छ ।’

उक्त विज्ञप्तिमा जिल्ला इञ्चार्ज गोविन्द र जिल्ला सेक्रेटरी प्रतीकद्वारा हस्ताक्षर रहेको छ । केहीदिनअघि मात्रै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव नेतृत्वको पार्टीका युवा संगठनका जिल्ला संयोजक भोला भुजेलसहित पार्टीका जिल्ला समितिका तीनजनालाई एक समारोहका बीच पार्टी प्रवेश गराएका थिए ।

त्यस्तै एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्धा खेपिरहेका दीपक बोहोरालाई पार्टीमा निष्कृय रहेको भन्दै प्रहरीले रिहा गरेको थियो ।