१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहको आरोप : कार्यकर्ता पक्राउ गराउने, नेकपाको सदस्यता लिने सर्तमा रिहा गर्ने



अ+ अ-

गोरखा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा गोरखाले नेकपा एमालेले झैं आफ्ना नेता कार्यकर्ता पक्राउ गराउने र पार्टीको सदस्यता लिने सर्तमा रिहा गराउने काम अहिले सरकारको नेतृत्व गरेको नेकपाले गरेको आरोप लगाइएको छ ।

आफ्ना नेता कार्यकर्तालाई पक्राउ गराउन नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता कार्यकर्ताले प्रहरी प्रशासनमा दबाब दिने गरेको पनि बताइएको छ । सोमबार जारी विज्ञप्ति हाम्रा पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकको घर खान्तलासी गर्ने, परिवारलाई त्रासमा राख्ने, सरकारका पार्टीका नेता कार्यकर्ताले सुराक र सूचना गरी गिरफ्तार गर्न प्रशासनलाई दबाव दिने गरेका छन्’। र अन्त्यमा जनयुद्ध कालमा एमाले पार्टीले झै गरी आफ्नो पार्टी प्रवेशको सर्तमा प्रशासनको ढोकामा साक्षी बस्ने जस्ता नाङ्गो कदम गोरखामा केही दिनदेखि देखिएको छ ।’

उक्त विज्ञप्तिमा जिल्ला इञ्चार्ज गोविन्द र जिल्ला सेक्रेटरी प्रतीकद्वारा हस्ताक्षर रहेको छ । केहीदिनअघि मात्रै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव नेतृत्वको पार्टीका युवा संगठनका जिल्ला संयोजक भोला भुजेलसहित पार्टीका जिल्ला समितिका तीनजनालाई एक समारोहका बीच पार्टी प्रवेश गराएका थिए ।

त्यस्तै एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्धा खेपिरहेका दीपक बोहोरालाई पार्टीमा निष्कृय रहेको भन्दै प्रहरीले रिहा गरेको थियो ।




भर्खरै