१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२ किलो सुन प्रकरण : राजस्व विभागद्धारा ५ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

महेन्द्रनगर । फागुन २ गते कञ्चनपुरबाट बरामद गरिएको ३२ किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूलाई आइतबार नै अदालतमा उपस्थित गराइएको छ।

सोमबार हिरासतमा रहेका दुवै जनाको बयान लिने काम भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। राजस्व अनुसन्धान विभागले आइतबार जिल्ला अदालतमा राजस्व चुहावट कसूरअन्तर्गत मुद्दा दायर गरेपछि सोमबार अभियुक्तद्वयको बयान लगिएको हो।

जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासमा उक्त मुद्दा परेको छ। सोमबार न्यायाधीशकै रोहवरमा अभियुक्तको बयान गराइएको हो। बरामद गरिएको सुन राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकमा बुझाइसकेको छ।

प्रहरीले पुनर्वास नगरपालिका–२ घर घएका शंकरबहादुर विकको घरबाट १८ किलो तथा शुक्लाफाँटा नगरपालिका–११ बाट ५ किलो ६ सय ग्राम सुन केन्द्रीय अनुसन्धान ब्युरोसहित प्रहरीको टोलीले बरामद गरेको थियो। राजस्व चुहावट गरी सुन भित्र्याइएकाले त्यसको अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीले विभागलाई नै दिएको थियो। शुक्लाफाँटा नगरपालिका–११ का ३३ वर्षीय लक्ष्मण तिरुवाले भारतबाट ३२ किलो सुन नेपाल भित्र्याएका थिए। उनले पक्राउ परेलगत्तै प्रहरीलाई दिएको बयानमा ८ किलो सुन मालिकलाई नै फिर्ता दिएको र घरमा लुकाएको ४ सय ग्राम सुन बिक्री वितरण गरेको बताएका थिए।

राजस्व अनुसन्धान विभागले भने नेपाल भित्रिएको ३२ किलो सुन नै राजस्व चुहावट गरी ल्याएको भन्दै अभियोग पत्र दायर गरेको हो। विभागले ५ जना विरुद्ध १६ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुलउपर हुनुपर्ने दाबी गर्दै राजस्व चुहावटको मुद्दा दायर गरेको हो। विभागले लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा विक र शंकरबहादुर विकविरुद्ध अभियोग पत्र दायर गरेको हो।

अभियोग दायर गरिएका अन्य ३ जना भने फरार छन्। राजस्व अनुसन्धान विभागले प्रहरीले पक्राउ गरे २ जनासहित परिवारकै सदस्यका ५ जनालाई अभियुक्त बनाएर अभियोग दायर गरेको हो।

विभागले बरामद गरिएको सुनसमेत जफत गर्न अदालतसमक्ष माग गरेको छ। उक्त सुन भारतको अयोध्याबाट भैरहवाको सुनौली नाका भएर करिब तीन महिनाअघि नै सुन तस्करी गर्ने भारतीय व्यापारीको ३२ किलो सुन नेपाल भित्रिएको थियो।




भर्खरै