काठमाडौँ । नेपाल विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
दर्शनासहित आयोगको केन्द्रीय कार्यालय टंगालमा पुगेको टोलीले मंगलबार अख्तियारमा उजुरी दर्ता गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
कोइरालाका अनुसार उजुरीमा मेलम्ची आयोजनामा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।