काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान ‘अन्नपूर्ण’ ट्याक्सी–वे मा अड्किएको छ ।
त्रिभुवन विमानस्थलको ट्याक्सी–वेमा एक घण्टा बढी अड्किएपछि विमानस्थलमा उडान-अवतरण रोकिन पुगेको थियो ।
दिउँसो पार्किङबाट ह्याङ्गरमा लाने क्रममा विमान तान्ने गाडी (टो भेहिकल बार) बिग्रिएपछि करिब एक घण्टा विमानस्थलको सेवा प्रभावित भएको विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
हाल विमानलाई तानेर ह्यांगरमा लगिसकिएको छ । र, विमानस्थलको सेवा पनि सञ्चालनमा आइसकेको छ ।