१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठकविरुद्ध ७८ लाख बिगो माग दावीसहित भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दायर गरिएको छ । पाठकविरुद्ध ७८ लाखको बिगो माग दावीसहित मुद्दा दायर गरिएको हो ।

यस मुद्दामा पाठकसँगै नेपाल इन्जिनियरिङ कलेका सञ्चालक लम्बोदर न्यौपानेलाई पनि विपक्षी बनाईएको छ । पाठकसँग अनुसन्धान अधिकृतले यसअघि झन्डै ६ घण्टा बयान लिएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले कलेजका अध्यक्ष न्यौपानेले ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेसँगै आयोगको बैठकले मंगलबार मुद्दा दायर गर्ने निर्णय गरेको हो।

आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।

पाठकलाई अकुत सम्पत्तिमा पनि मुद्दा चलाइने तयारी भइरहेकाले उनी तथा परिवारको सम्पत्ति विवरण खोज्ने काम पनि भइरहेको छ। अख्तियारका सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली पाठकको हरेक क्रियाकलापको निगरानी गर्दै अनुसन्धानमा तल्लीन छ।

पाठकले घुस लिएको सार्वजनिक भएपछि फागुन ३ गते राजीनामा दिएका थिए।