२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप सहभागी टिम ६ विकेटले पराजित, चेन्नईको लगातार दोश्रो जित



अ+ अ-

काठमाडौं । चेन्नई सुपर किंग्सले मंगलबार भएको खेलमानेपाली लेगस्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । चेन्नईले लगातार दोस्रो जित हात पारेको छ ।

मंगलबार राति दिल्लीमा भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईको जितमा सेन वाट्सनले ४४ रन बनाए । यसैगरी सुरेश रैना ३० रनमा आउट हुँदा केदार जादबले २५ बनाएका थिए । महेन्द्र सिंह धोनीले पनि २५ रनकै योगदान दिए । पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवन ५१ तथा ऋषभ पन्त २५ र पृथ्वी साले २४ रन जोडे । पहिलो विकेटका लागि धवन र साका बीचमा ३६ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् । चेन्नईका डुवान ब्राभोले सर्वाधिक ३ विकेट लिएका थिए ।