१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

लौ हेर्नुहोस्, भत्ताको व्यथा यस्तो, कसले सुनिदिने कुरा ?

लौ हेर्नुहोस्, भत्ताको व्यथा यस्तो, कसले सुनिदिने कुरा ?
अ अ+ अ-

काठमाडौं । हातमा लौरो, काँपिरहेको शरीर, कमजोर आँखा । कृषि विकास बैंक कैलाली शाखा परिसरमा सयौं ज्येष्ठ नागरिकको लाममा ९० वर्षीय कालीप्रसाद चौधरी चर्को घाममा लामबद्ध थिए । अघिपछि उभिएका ज्येष्ठ नागरिकसँग अडेस लागेर उभिएका चौधरीको हातमा ८ हजार रुपैयाँको चेक थियो ।

‘९० वर्षको भएँ । चार महिनाको भत्ता लिन बैंकमै आएको हुँ’, मसिनो बोलीमा उनले भने, ‘नजिकैको वडा कार्यालयबाट वितरण गरिदिएको भए कति सहज हुन्थ्यो ? ’चौधरी आफूले भोट दिएर जिताएका जनप्रतिनिधिप्रति आक्रोशित देखिन्थे । उनले भने, ‘वृद्धभत्ता घरघरमै पुर्याइदिन्छौं भनेर प्रतिबद्धता गरेका जनप्रतिनिधि अहिले कुन्नि काँ गए ? ’

धनगढी उपमहानगरपालिका–३ की ८० वर्षीया रूपादेवी गिरी बैंकको पश्चिमतिरको गेटबाट लाम छिचोल्दै भित्र छिर्ने प्रयासमा थिइन् । नजिकै रहेका गार्डले भने, ‘आमा त्यो लाइनमा लाग्नुस् ।’ती वृद्धाले लाम नियालिन् र सुइड्ढय सुस्केरा हाल्दै भनिन्, ‘ओहो ! त्यो सकसपूर्ण लाममा फेरि कसरी लाग्नु रु हिजो पालो नपुगेर फर्कें, आज पनि त्यत्रो लाम ।’

रूपादेवी असिनपसिन अनुहारसहित टाउकोमा सल हालेर सय जनाभन्दा बढीको लामको अन्तिममा गइन् र थचक्क बसिन् । ‘आज पनि भत्ता नदिए म घरै जान्नँ’, उनले भनिन् ।

कालीप्रसाद र रूपादेवी मात्रै होइन, आइतबारदेखि वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लाम लागेका धेरै वृद्धवृद्धा सकस भोग्न बाध्य छन् । ‘म उभिन सक्दिनँ । लडेर मेरो ढाड भाँच्चिएको छ । मलाई लाममा नबसी रकम दिनुप¥यो,’ ७८ वर्षका कृतबहादुर तामाङले भने । तर उनको गुनासो सुन्ने कोही थिएन त्यहाँ ।

एकजना सहयोगीसहित आएका तामाङ लाम लागे । सहयोगीले उनलाई आफ्नो छातीमा अड्याए । तामाङले भने, ‘सरकार ! हामीलाई वडामै रकम दिने व्यवस्था गरिदेऊ ।’

धनगढी उपमहानगरपालिकाले मंसिरदेखि फागुनसम्मको ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ता कृषि विकास बैंकका शाखा कैलाली पुल र क्याम्पस रोडबाट वितरण गरिरहेको छ । अघिल्लो दिन लाम लागेर पालो नआएका धेरै वृद्धवृद्धा भोलिपल्ट फेरि लाममा बसेका थिए ।

‘हिजो ९ बजे लाममा लागेको थिएँ । २ बजेपछि बैंक बन्द भयो भनेर सटर तानिदियो । फर्केर गएँ, आज फेरि लाममा लागेकी छु’, देवी देउवाले भनिन् । ‘तपार्इंको घरमै वृद्धभत्ता ल्याइदिन्छौं भन्ने नेता कहाँ गए होलान् रु ’

हरेक वडामा सुरक्षा चौकी भएको धनगढी उपमहानगरपालिकामा भने सामाजिक सुरक्षा भत्ताका लागि वृद्धवृद्धाले सकस भोग्नुपरिरहेको ज्येष्ठ नागरिक लोकबहादुर कोलीले बताए । ‘वृद्ध भत्ता बढाउँछु भन्नेले बढाएनन् । अब यस्तो लामो लाम छिचोलेर बैंकको काउन्टरसम्म पुग्ने कसरी ? ’ उनले गुनासो गरे ।

कृषि विकास बैंकका दुवै शाखामा पुगेका ज्येष्ठ नागरिक, लाम बस्न नसकेर पल्टिरहेका देखिन्थे भने उनीहरूका साथमा आएका आफन्त सहारा दिइरहेका थिए ।

‘बिरामी छन्, लाममा उभिन सक्दैनन् । औंठाछाप लगाएर ल्याए पनि बैंकले मान्दैन । त्यसैले बाजेलाई बोकेर उभिइरहेकी छु’, धनगढी नगरपालिका १२ की शान्ति चौधरीले भनिन् । ‘गाउँगाउँमा भत्ता पुर्याउने चुनावी बाचा गरेका जनप्रतिनिधिलाई अहिले यी ज्येष्ठ नागरिकले पाएको सकसबारे चासो छैन ।’

धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिलाई ज्येष्ठ नागरिकको यो सकस राम्ररी थाहा छ । तर उनीहरूले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउन कुनै कदम चालेका छैनन् । ‘मलाई ज्येष्ठ नागरिकको त्यो सकस थाहा छ, तर सबै वडामा बैंक नभएका कारण समस्या समाधान गर्न असमर्थ छौं । यसबारे कार्यपालिकामा कुरा उठेको छ । अर्को बैठकमा सामाजिक सुरक्षा भत्ता वडामै वितरण गर्ने प्रस्ताव लैजानेछु’, उपमहानगरपालिकाकी उपमेयर सशुीला भट्टले भनिन् ।

उपमहानगरपालिकाले फूलबारी र उर्माका ज्येष्ठ नागरिकलाई कञ्चन विकास बैंकबाट र अन्य ठाउँका जेष्ठ नागरिकलाई लागि कृषि विकास बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।