१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आ-आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्न शीर्ष नेताकै दवाव

आ-आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्न शीर्ष नेताकै दवाव
अ अ+ अ-

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । उनले झापामा भ्यु टावर बनाउनेदेखि सडक निर्माण तथा आर्थिक विकासका विभिन्न योजना प्रस्ताव गरेका छन् । स्थानीय तहले गर्न सक्ने योजनालाई पनि संघीय सरकारको योजनाका रूपमा प्रस्ताव गरेर बढी बजेट पार्न खोजिएको नेकपाका सांसदहरूले आरोप लगाएका छन् ।

संसद्को विकास तथा प्रविधि समितिमा आगामी वर्षको विकास आयोजनाको विषयमा छलफल सुरु भएको छ । सांसदहरूले समितिमा सरकारले प्रस्ताव गर्न लागेको विकास आयोजनाको विषयमा आफ्नो धारणा राख्दा नेकपाका शीर्ष नेताको गृह जिल्लामा बढी बजेट पार्न खोजेको आरोप लगाएका छन् । सरकारले तयारी गरेको आगामी वर्षका विकास आयोजनामध्ये सबैभन्दा बढी झापा, चितवन, रुपन्देही र दाङमा प्रस्ताव गरिएको छ । स्थानीय सरकार र प्रदेश सरकारमातहत सञ्चालन गर्न सकिने आयोजनाहरूलाई शीर्ष नेताहरूले विशेष महत्वको आयोजना भन्दै संघीय सरकारमा राख्न खोजेकामा उनीहरूले आपत्ति जनाएका हुन् ।


नेकपाका सांसद टोपबहादुर रायमाझीले ठूला आयोजनाका बजेट झापा, रुपन्देही, चितवन र दाङमा प्रस्ताव गरिएको जानकारी दिए । उनले सरकारको नेतृत्व गरेको र दलको शीर्ष तहमै बसेका आधारमा आफ्नो क्षेत्रमा मात्रै बढी बजेट पार्न खोज्नुले नेताहरूलाई मुलुकको विकासभन्दा पनि आफ्नो क्षेत्रको मात्रै माया बढी भएको स्पष्ट भएको बताए । विद्यालय भवनको हालत पनि त्यस्तै छ ।

विकास निर्माणका काम ठप्प छन् । बहुवर्षीय ठेक्काका काम जसरी हुन्थ्यो, त्यो ठप्प छ,’ सांसद रायमाझीले भने, ‘कतिपय जिल्लामा काम पनि भएका छन् । तर सीमित जिल्लामा मात्र भएका छन् । केही काम गर्नुप¥यो भनेर कुनै विभागमा गएमा फाइल नै प्रवेश हुँदैन ।’ उनले शीर्ष नेताहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट लाने हो भने अन्य क्षेत्रमा कुनै विकास आवश्यक नभएको सार्वजनिक रूपमा बताउनुपर्ने धारणा राखेका छन् । उनले केन्द्रीय नेताहरूले पहुँचका आधारमा आगामी आवको बजेट ‘सिलिङ’ गर्दा आफ्नै जिल्लामा मात्र धेरै बजेट पार्न खोजेको दाबी गरे । उनले भने, ‘पहुँचवालाले बजेटमा हालीमुहाली गर्न खोजिरहेका छन् ।’

यस्तै, नेकपाकै अर्का सांसद आशाकुमारीले पनि शीर्ष नेताहरूले आफ्नो क्षेत्रको विकासमा मात्रै चासो देखाउने हो भने मुलुकको नेतृत्व गर्नुभन्दा आफ्नो क्षेत्रको मात्रै हेरेर बसे हुन्छ भनी व्यंग्य गरेकी छन् । सीमित मान्छे र नेताको काम मात्र पास हुने भन्दै जनता निराश हुन थालेको उनले बताइन् । ‘विकास असन्तुलनले देशमा कसरी विकास र समृद्धि हुन्छ भनेर प्रश्न उठेको छ । पहुँच नभएको सांसदका जिल्लामा कहिले काम हुन्छ ?,’ उनको प्रश्न थियो, ‘यो प्रक्रियाले सुखी नेपाली समृद्ध नेपाल कसरी बन्छ रु अब आउने बजेटमा आवश्यकतालाई हेरियोस् ।’

यसैगरी, नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामाले आगामी वर्षका लागि आउने बजेटमा सबैभन्दा प्राथमिकतामा झापा, त्यसपछि चितवन, रुपन्देही र दाङ पर्ने हो भने त्यो ठूलो गल्ती हुने बताए । उनले सरकारको नेतृत्वमा पुग्ने र दलको शीर्ष नेता भएकै आधारमा आगामी वर्षको बजेट तय हुने भए जनताको विरोधको सामना गर्न नेताहरू तयार भएर बस्नुपर्ने बताए । यस्तै, बैठकमा सांसदहरूले बहुवर्षीय आयोजनाका साथै ठेक्का लगाइएका विभिन्न सडक र पुल निर्धारित समयमा सम्पन्न हुन नसकेका सम्बन्धमा जिज्ञासा राखेका थिए । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएको जिल्ला हो भने चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएको जिल्ला हो । यस्तै, रुपन्देही नेकपा महासचिव विष्णु पौडेल र दाङ सभामुख कृष्णबहादुर महराको निर्वाचन क्षेत्र भएको जिल्ला हो । राजधानी दैनिकमा खबर छ ।