२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोलाई हराउन ‘पावर हाउस’ अर्जेन्टिनाको ठूलै संघर्ष



अ+ अ-

ब्युनसआयर्स : दक्षिण अमेरिकी ‘पावर हाउस’ अर्जेन्टिनाले बुधबार बिहान खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा मोरक्कोलाई हराउन ठूलै संघर्ष गर्नु पर्‍यो।

मोरक्कोको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा आएर मात्र अर्जेन्टिनाको जित सम्भव भएको थियो।

आफ्ना स्टार खेलाडी लियोनल मेसी बिना नै मैदानमा ओर्लिएको अर्जेन्टिनाका लागि खेलको ८३औं मिनेटमा एन्जल कोरियाले निर्णायक गोल गरेका थिए। उनी ६२औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए।

गत शुक्रबार खेलिएको मैत्रीपूर्ण खेलमा भने अर्जेन्टिनालाई भेनेजुएलाले ३-१ गोलले हराएको थियो। मोरक्कोविरुद्घको खेलमा अर्जेन्टिनाका अधिकांश अनुभवी खेलाडी उपस्थिति थिएनन्।

मेसी, सर्जियो एग्वेरो, एन्जल डी मारियाजस्ता अनुभवी खेलाडीको अनुपस्थितिमा अर्जेन्टिनाको अग्रपँक्तिको जिम्मेबारी पाउलो डिबालले सम्हालेका थिए।

अर्को मैत्रीपूर्ण खेलमा अल्जेरियाले ट्युनिसियालाई १-० गोलले पराजित गर्‍यो। नाइजेरियाले भने घरेलु मैदानमा बलियो इजिप्टमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो। उक्त खेलमा इजिप्ट आफ्ना अनुभवी खेलाडी मोहमद सलाह बिना नै मैदानमा ओर्लिएको थियो।

अर्को खेलमा चिलीले अमेरिकालाई उसैको घरेलु मैदानमा १-१ गोलको बराबरीमा रोक्यो। अमेरिकाका लागि चौथो मिनेटमा क्रिस्टियन पुलिसिचले र चिलीका लागि नवौं मिनेटमा ओस्कर ओपाजोले गोल गरेका थिए। होण्डुरस पनि घरेलु मैदानमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकियो। एल साल्भाडोरले पेरुलाई उसैको मैदानमा २-० गोलले पराजित गर्‍यो