१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग अफगानिस्तान रुष्ट, राजदूत फिर्ता बोलायो



अ+ अ-

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको एक अभिव्यक्तिबाट रुष्ट भएको अफगानिस्तानले आफ्नो राजदूत फिर्ता बोलाएको छ । इमरान खानले हालै अफगानिस्तानमा अन्तरिम सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

अफगानिस्तानले खानको यो अभिव्यक्तिलाई गैरजिम्मेवार भएको भन्दै आफ्नो राजदूत फिर्ता बोलाएको हो । पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आन्तरिक मामिलामा दखल नदिन चेतावनी दिएको छ ।

अफगानिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटरमा लेखेका छन्– पाकिस्तानले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्दैन, ऊ हस्तक्षेपको नीतिमा अगाडि बढिरहेको छ । यस विषयमा अफगानिस्तानले पाकिस्तानसँग स्पष्ट जवाफ समेत माग गरेको छ ।

बीबीसीका अनुसार इमरान खानले अफगानिस्तानमा अन्तरिम सरकार बनेमा अमेरिका र तालिबान समूहबीच वार्ताले गति लिने बताएका थिए ।

किनकि तालिबान समूहले अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता नगर्ने अडान लिएको छ । असरफ गनी नेतृत्वको वर्तमान सरकार शान्ति प्रक्रियामा बाधा बनिरहेको अभिव्यक्तिसमेत इमरान खानले दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

अमेरिकाले अफगानिस्तानमा रहेका तालिबान लडाकु समूहसँग वार्ता गर्ने कोशिस गर्दै आएको छ ।