१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ औं शताब्दीमा दमनकारी राजनीति सुहाउदैन्,विप्लवसँग सरकारले वार्ता गर्नुपर्छ : कोइराला



अ+ अ-

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दमनकारी राजनीति २१ औं शताब्दीमा नसुहाउने बताएका छन् । उनले नेत्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दबाउने ओली सरकारले दमनकारी व्यबहार गरेको भन्दै उक्त क्रियाकलाप सरकारमा बसेकाहरुलाई नसुहाउने बताएका हुन् ।

प्रेस युनियन दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले १२ वर्ष युद्ध गरेको तत्कालीन माओवादीलाई वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन सकेको सन्दर्भ उल्लेख गर्दै कोइरालाले अहिले चन्दलाई पनि आतंकित नपारेर छलफलमा ल्याउन सक्नुपर्ने धारणा व्यक्त गरे ।

“वार्ता र छलफलबाट समाधान खोज्नुको साटो दबाउने र प्रतिबन्ध लगाउने काम उचित छैन, ‘कोइराला’ले भने, सरकारका कामहरु जबरजस्ती, स्वेच्छाचारी र दमनकारी भैरहेको छ ।

कोइरालाले सबै असमझदारी र असन्तुष्टीलाई मेलमिलाप र वार्ताको माध्यमबाट हटाउन सुझाव दिए