१ असार २०८३, सोमबार
,
Latest
अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यादीले ६० करोड अमेरिकी डलरमा एचके एक्सप्रेस खरिद गर्ने



अ+ अ-

हङकङ । हङकङको ध्वजाबाहक विमान कम्पनी क्यादी प्यासिफिकले बजेट एयरलाइनर एचके एक्सप्रेसलाई खरिद गर्न लागेको छ ।क्यादीले उक्त एक्सप्रेसलाई झन्डै ६० करोड अमेरिकी डलरमा खरिद गर्न लागेको हो ।

क्यादी प्यासिफिकले जारी गरेको विज्ञप्तिमा न्यून लागतका उडान सेवाबाट उत्पन्न प्रतिस्पर्धासँग जुध्न यस्तो कदम चाल्नु परेको उल्लेख गरेको छ ।

नयाँ एयरलाइन्स खरिद गरेसँगै हवाई उड्डयन उद्योगमा हङकङमा प्रमुख चार विमानसेवा प्रदायकमध्ये तीन वटामा क्यादीको बर्चश्व कायम हुनेछ । हङकङ विमानस्थल एसियाकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक हो ।

विगत दुई वर्षदेखि नोक्सान व्यहोर्दै आएको क्यादीलाई नयाँ स्वरुपमा लैजान एचके एक्सप्रेसको खरिदले ठूलो मद्दत गर्ने कम्पनीले जनाएको छ ।

एचके एक्सप्रेससँगको सम्पूर्ण कागजी प्रक्रिया आगामी डिसेम्बरभित्र पूरा हुनेछ । क्यादीले एचके एक्सप्रेसकै नाममा न्यून लागतको हवाई सेवा उपलब्ध गराउने जनाएको छ ।

उक्त घोषणालगत्तै क्यादीको शेयर झण्डै तीन प्रतिशत वृद्धि भएको थियो । क्यादीको सेवामाथि सिंगापुर एयरलाइन्सले सबैभन्दा ठूलो चुनौती दिएको छ ।

एचके एक्सप्रेसले जापान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र भियतनाम समेतका धेरैवटा हवाई मार्गमा सस्तो दरमा उडान गरिरहेको छ ।

सस्तो विमान सेवाका कारण सबैभन्दा ठूलो चुनौती व्यहोरेको क्यादीले आर्थिक स्थिति सुधारका नाममा सन् २०१६ मा ६०० कामदार हटाउनुका साथै कैयौं स्थानका कार्यालयहरु बन्द गरेको थियो ।