१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक एसिया क्षेत्र छनोटको दोस्रो चरणको लागि तयारी सुरु



अ+ अ-
This image has an empty alt attribute; its file name is woman-football-tem-nepal.png

काठमाडौँ । विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली महिला फुटबल टिम प्रशिक्षणमा फर्किएको छ । जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेलको तयारीको लागि प्रशिक्षणमा फर्किएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज (बुधबार) देखि मुख्य प्रशिक्षक हरि खड्का प्रशिक्षणमा महिला टिमले अभ्यास थालेको हो ।

छनोटको दोस्रो चरणको खेल अप्रिल तीन तारिखदेखि म्यानमारमा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ ।इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष स्थानमा पर्ने टिम मात्रै अघिल्लो चरणमा प्रवेश गर्ने छ ।