१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’का तीन नेता धरौटीमा रिहा, अब कुनैपनि पार्टीमा नलाग्ने घोषणा



अ+ अ-

रोल्पा । २४ दिन हिरासतमा बसेका रोल्पाका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेता धरौटीमा रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका तीन नेता जिल्ला अदालतको आदेशमा रिहा भएका हुन्।

न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरुलाई जनही ६० हजार धरौटीमा छोड्न आदेश दिएको हो। स्रोतका अनुसार उनीहरु मंगलबार तारेखमा रिहा भएका हुन्।

रिहा हुनेमा गंगादेव गाउँपालिकाका टीकाराम परियार, सुनिल स्मृति गाउँपालिका-१ घोडागाउँका नेपेन्द्र सेन र रोल्पा नगरपालिका–४ लिबाङका लालबहादुर सुनार रहेका छन् ।

तीनैजनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको मुद्दा लगाइएको थियो। पूर्वी रोल्पाको गजुलस्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो

रिहा भएका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य, सेन सुनिल स्मृति गाउँपालिकाका सेक्रेटरी र परियार दलित मुक्तिमोर्चाको पूर्वजिल्ला अध्यक्ष हुन्।

रिहा भए लगत्तै लालबहादुर सुनारले आफू कुनैपनि पार्टीमा नलाग्ने घोषणा गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले स्वतन्त्र नागरिक जीवन बिताउने उल्लेख गरेका हुन्।

एनसेल टावरमा आगजनी प्रकरणमा करिब १५ जनाको नामविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले सबैको खोजी भइरहेको बताएको छ।




भर्खरै