१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिकालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला



अ+ अ-

गाईघाट । उदयपुर जिल्ला अदालतले बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला सुनाएको छ । रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई उक्त फैसला सुनाइएको हो ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको बुधबार बसेको इजालासले बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र रु एक लाख आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महीना जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

गत कात्तिक ६ गते जङ्गलमा एक्लै बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई एउटै स्कूलका कक्षामा अध्ययन गर्ने ती दुई किशोरले जङ्गलमा पुगेर बालिकालाई यौन प्र्रस्ताव राखेका थिए । बालिकाले प्रस्ताव अस्वीकार गरेपछि बालिकाको बलात्कार गरेर हत्या गरेको आरोप दुई किशोरलाई लागेको थियो ।

दुवै किशोर १८ वर्षभन्दा तल भएका कारण पूरा उमेर भएकाहरुले पाउने पूर्ण जन्मकैद सजायको आधा सजाय गर्ने ती किशोरलाई कानूनी व्यवस्था भएबमोजिम जन्मकैदको फैसला भएको पनि अदालतले जनाएको छ ।